images
images

इजरायलमा आक्रमण : केही नेपाली घाइते, ४,५०० नेपालीलाई दियो नेपाली दुतावासले तीन सन्देश

इजरायलमा आक्रमण : केही नेपाली घाइते, ४,५०० नेपालीलाई दियो नेपाली दुतावासले तीन सन्देश

शनिवार, असोज २० २०८०
शनिवार, असोज २० २०८०
  • इजरायलमा आक्रमण : केही नेपाली घाइते, ४,५०० नेपालीलाई दियो नेपाली दुतावासले तीन सन्देश

    काठमाडौँ / शनिबार बिहान हमासका लडाकुहरूले इजरायलमा गरेको आक्रमणमा परेर केही नेपालीहरू पनि घाइते भएका छन् । इजरायलस्थित नेपाली दुतावासका अनुसार हमासको आक्रमण लगत्तै कार्यस्थल छाडेर सेल्टर लगिँदै गरेका १४ मध्ये ७ नेपाली घाइते छन् ।

    images
    images

    इजरायलस्थित नेपाली दूतावासका प्रवक्ता अर्जुन घिमिरेका अनुसार घाइतेहरूको यकिन विवरण खुलेको छैन ।  अहिले दुतावासले तथ्याङ्क सङ्कलन गर्ने र उद्दारको काम गरिरहेको उनले बताए । 

    गाजा पट्टीबाट इजरायलमा व्यापक रकेट हमला भएको थियो भने हमासका लडाकुहरूको घुसपैठ भएको थियो । इजरायलको आपतकालीन सेवाका अनुसार हमासको आक्रमणमा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् ।

    यसैबिच नेपाली राजदूतावास, तेल अविवले त्यहाँ रहेका ४५ सय नेपालीलाई सतर्क र सुरक्षित रहन आग्रह गर्दै यस्तो अपिल जारी गरेको छः 

    १. ईजरायलको गाजासँगको सीमाना लगायत विभिन्न क्षेत्रमा हाल द्वन्द्व चलिरहेको सवैलाई जानकारी नै छ। यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्नुहुन सबै नेपाली समुदायमा अनुरोध छ।

    २. अप्ठ्यारोमा पर्नुभएका नेपाली नागरिकहरूको सहयोग तथा उद्धारका लागि दूतावासले ईजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको व्यहोरा अनुरोध छ।

    ३. अप्ठ्यारो परिस्थिति छ, हामी सबै त्रसित छौँ। तर पनि यसको नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरूमा सेयर गरेर अरुलाई त्रसित र प्यानिक नगराउनुहोला। 

    सम्पर्कका लागि 

    १. श्री अर्जुन घिमिरे, प्रथम सचिव - ०५२८२८९३००

    २. श्री संजय कुमार साह, सहचारी - ०५४-५५८२०७७

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार