images
images

इजरायलमा आक्रमणबारे बोल्यो सरकार : हमासको हमलामा ९ जना नेपाली घाइते, दुई गम्भीर

इजरायलमा आक्रमणबारे बोल्यो सरकार : हमासको हमलामा ९ जना नेपाली घाइते, दुई गम्भीर

शनिवार, असोज २० २०८०
शनिवार, असोज २० २०८०
  • इजरायलमा आक्रमणबारे बोल्यो सरकार : हमासको हमलामा ९ जना नेपाली घाइते, दुई गम्भीर

    काठमाडौँ / शनिबार बिहान हमासका लडाकुहरूले इजरायलमा गरेको आक्रमणमा परेर ९ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जानकारी दिएको हो ।

    images
    images

    मन्त्रालयका अनुसार १४ जना नेपाली कार्यरत एक कृषि फार्ममा आक्रमण हुँदा यो घटना भएको थियो । आक्रमण भएको क्षेत्रमा रहेका नेपालीसँग इजरायलस्थित नेपाली दूतावास सम्पर्कमा रहेको र इजरायली अधिकारीहरूसँगको सम्पर्क र सहकार्यमा नेपालीहरूको सुरक्षा, उद्दार र घाइतेहरूको उपचार भइरहेको मन्त्रालयले बताएको छ । 

    पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सरकारले इजरायलमा रहेका नेपाली नागरिकहरूलाई चनाखो रहन र अधिकारीहरूले सुझाएको सुरक्षाका उपायहरू अवलम्बन गर्न अनुरोध गरेको छ । 

    सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको भर्त्सना गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता समेत जनाएको छ । सरकारले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीर्ष स्वास्थ्य लाभको कामना गरेको छ ।

    गाजा पट्टीबाट इजरायलमा व्यापक रकेट हमला भएको थियो भने हमासका लडाकुहरूको घुसपैठ भएको थियो । इजरायलको आपतकालीन सेवाका अनुसार हमासको आक्रमणमा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् ।

    notice.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार