काठमाडौँ / नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक, फोनपे ले ‘फोनपे सुपरयात्रा’ नामक नयाँ अभियान सञ्चालन गरेको छ । उक्त अभियानको उद्देश्य, मोबाइल बैङ्किङ एपमार्फत एयरलाइन टिकेट खरिद गर्दा ग्राहकहरूबीच डिजिटल भुक्तानीको सहजतालाई झल्काउनु रहेको छ ।
‘सुपरयात्रा’ अभियान असोज १७ देखि कार्तिक ११ सम्म लागु हुनेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरूप म्याकबुक एयर प्राप्त गर्ने छन्।
अतिरिक्त लाभको रूपमा, नयाँ ग्राहकहरूले प्रोमो कोड SUPERYATRA200 प्रयोग गरी आफ्नो पहिलो एयरलाइन टिकट खरिद गर्दा २०० रुपैयाँ क्यास ब्याकको मजा लिन सक्ने छन्।
यस अभियानमा सहभागि हुन ग्राहकहरूले तोकिएको अभियान अवधिमा मोबाइल बैङ्किङ एपमार्फत कम्तीमा एउटा एयरलाइन टिकट खरिद गर्नुपर्नेछ।
यस अभियानले मोबाइल बैङ्किङ एपमार्फत एयरलाइन टिकटहरू खरिद गर्ने सहजतालाई मनाउनुको साथ साथै यस चाडपर्वको घडिमा अधिकांश ग्राहकहरुको यात्रामा थप उर्जा थप्ने लक्ष्य पनि राखेको छ।
सो अभियानको उदेश्यका बारेमा बोल्दै फोनपेका चिफ स्ट्राटेजि अफिसर सुवोद शर्माका अनुसार, “हाम्रो अभियानको प्रमुख उद्देश्य, यात्रुहरूले एयरलाइन टिकट खरिद गर्दा मोबाइल बैंकिङ एप रोज्नको लागि थप आकर्षणको सिर्जना गराउनु हो । हाम्रो लक्ष्य धेरै भन्दा धेरै ग्राहकहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा प्रवेश गराउनुमा केन्द्रित रहेको छ र सुपरयात्रा जस्ता अभियान सोहि लक्ष्यलाई अगाडी बढाउने एउटा कदम हो ।”
फोनपे बिल्स, फोनपे को सेवाहरूमध्ये एक हो जहाँ ग्राहकहरूले एयरलाइन्स टिकेटको साथसाथै आफ्नो बिजुली, पानी, टिभी, इन्टरनेट, सरकारी राजस्व, शिक्षा जस्ता सेवाहरूको प्रत्यक्ष रूपमा भुक्तानी गर्न सकिनेछ ।