images
images

इजरायल–हमास लडाइँः मृत्यु हुनेको संख्या १ हजार नाघ्यो, सयौंजना हमासको बन्धकमा

इजरायल–हमास लडाइँः मृत्यु हुनेको संख्या १ हजार नाघ्यो, सयौंजना हमासको बन्धकमा

सोमवार, असोज २२ २०८०
सोमवार, असोज २२ २०८०
  • इजरायल–हमास लडाइँः मृत्यु हुनेको संख्या १ हजार नाघ्यो, सयौंजना हमासको बन्धकमा

    इजरायल–हमास लडाइँमा दुबैपक्षका गरी  कम्तिमा १ हजार १ सय ‍मानिसहरूको मृत्यु भएको एजेन्सीहरुले पुष्टिछ गरेको छ।

    images
    images

    प्लालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले आक्रमण गरेपछिको ३६ घन्टामा १ हजार १ सय जनाको मृत्यु भएको हो । हजारौँ व्यक्तिहरु हताहती भएको द न्युयोर्क टाइम्सले जनाएको छ । 

    गत शनिबार जमिन, आकाश र समून्द्रबाट हमासले इजरायलमाथि अचानक भिषण आक्रमण गरेको थियो । आक्रमणमा परि १० नेपालीको पनि मृत्यू भएको छ । 

    उक्त आक्रमणको इजरायल प्रतिकारमा उत्रिएयो तर, यति ठूलो आक्रमण हुनु अघि इजरायलले किन थाहा पाउन सकेन ? इजरायली इन्टेलिजेन्स फेल खाएको सुरक्षा बिद्हरु बताउँछन् । इजरालयमाथि हमासको आक्रमण ५० वर्षयताकै ठूलो आक्रमण भनिएको छ। तीमध्ये ७ सय इजरायली र ४१३ प्लालेस्टाइनी मारिएको छ । 

    इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले आफूहरूले अब औपचारिक युद्ध घोषणा गरेको भनेको छ ।  हमासविरूद्ध युद्ध लडिरहेको घोषणा  गर्दै आतंककारीहरुको छिटै पराजय हुने जनाएको छ । 

    ‘हामी युद्धमा छौं र यो युद्ध हामी जित्छौं,’ उनले भने । 

    हमासले कैयौं इजरायली नागरिक र सैनिकहरूलाई बन्दी बनाएका छन्। उनीहरूले वृद्धवृद्धालाई पनि अपहरण गरी गाजा लगेको बताएको छ। त्यसबारे सम्पर्क दुतहरु बेखबर छन् । उनीहरुको अबस्थाबारे अज्ञात छन् । 

    हमासको आक्रमणपछि इजरायलले पनि गाजापट्टी क्षेत्रमा भिषण आक्रमण गरेको छ।

    इजरायलको पछिल्लो घटनाक्रमका सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालय यस्तो भन्छ :

    इजरायलमा हाल ४५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेका छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको सिक्ने र आर्जन गर्ने कार्यक्रम अन्तर्गत गएका थिए । 

    यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।  यी मध्ये सुुदुुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरु दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका थिए ।

    नेपाली राजदूतावास प्राप्त अपडेट अनुसार यो स्थान गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समुहबाट गम्भिर आक्रमण भएकोले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये २ जना सकुशल रहेको, ४ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भैरहेको छ ।

    बाँकी ११ जना मध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने हँुदा स्थिति एकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।

    इजरायलमा भएको यस दुखद घटनालाई नेपाल सरकारले गम्भीरताकासाथ लिएको छ । आजै विहान सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसी परराष्ट्र मन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरु सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको छ । 

    यस संयन्त्रले घटनाको निरन्तर अनुुगमन र वस्तुस्थितिको समग्र मूूल्यांकन गरेर नेपालीहरुको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नको लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूूर्ण कार्यहरु गर्नेछ ।

    इजरायलमा रहेका नेपालीहरुको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरुलाई सुरक्षित तवरले रहने प्रवन्ध गर्न, उद्धार तथा सहयोग गर्नको लागि इजरायल सरकारसंग आवश्यक समन्वय र सहजीकरणको कार्य भैरहेको छ ।

    नेपाल सरकार इजरायलमा रहेका नेपालीहरुलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नको लागि पूूर्ण प्रतिवद्ध रहेको छ । यस सम्बन्धमा थप जानकारी प्राप्त भएपछि सोको जानकारी गराइने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार