images
images

राष्ट्र बैंकको पछिल्लोे निर्देशनले उद्योगी व्यवसायीहरुको मनोबल बढ्ने आशा जगायोः अध्यक्ष ढकाल

राष्ट्र बैंकको पछिल्लोे निर्देशनले उद्योगी व्यवसायीहरुको मनोबल बढ्ने आशा जगायोः अध्यक्ष ढकाल

सोमवार, असोज २२ २०८०
सोमवार, असोज २२ २०८०
  • images
    images
    राष्ट्र बैंकको पछिल्लोे निर्देशनले उद्योगी व्यवसायीहरुको मनोबल बढ्ने आशा जगायोः अध्यक्ष ढकाल

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनले उद्योगी व्यवसायीहरूको थोरै भए पनि मनोबल बढ्ने आशा जगाएको बताएका छन् । आइतबार नेपाल जग्गा तथा आवास विकास महासंघले आयोजना गरेको रियल इस्टेट व्यवसायी बृहत् भेला–२०८० कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । 

    images
    images

    उनले सरकार र राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरूलाई ढिलै भए पनि बुझ्ने कोसिस गरेको जिकिर गरे । उनले लामो समयदेखि घरजग्गा कारोबारमा कित्ताकाट खोल्न र शेयर बजार कर्जा सीमा बढाउन आग्रह गरे पनि नमानेको तर अहिले आफूले गरेको निर्णय गलत भएको भन्दै परिमार्जन गर्नु स्वागतयोग्य रहेको बताए । 

    उनले भने, ‘कोभिडपछि सहज रूपमा बैंकबाट कर्जा लिएको कारण अर्थतन्त्रमा समस्या आएको हामीलाई आरोप छ । तर वास्तविकतामा त्यस्तो होइन । सहज रूपमा कर्जा पाउँदा सहज रूपमा खर्च भयो होला । बैङ्कहरूले त्यो बेला सहज रूपमा कर्जा विस्तार गर्ने र नियमनकारी निकायहरूले पनि नियमन गरेका नै हुन् । त्यो दोष निजी क्षेत्रलाई मात्रै दिन मिल्दैन । अर्थतन्त्रमा जुन चुनौती र समस्या आयो त्यसमा सबै पक्षको दोष छ । सरकार,नियमनकारी निकाय राष्ट्र बैंक र निजी क्षेत्र मिलेर अहिलेको समस्या भन्दा बाहिर आउनुपर्छ ।’ 

    ‘अहिले मानिसहरूको मनोबल कमजोर भएको अवस्था छ । राष्ट्र बैंकको नीति आज एउटा आयो भोलि अर्को कस्तो आउने हो भन्ने व्यवसायीहरूलाई त्रास भइरहेको अवस्था छ । उद्योगी व्यवसायीहरूको मनोबल बढाउनको लागि प्रणालीलाई सुधार गर्दै लैजानुपर्ने सुझाव दिँदै आएका छौँ । निजी क्षेत्रले दिएका सुझावहरू पहिला सुनिएन तर अहिले निजी क्षेत्रले दिएका सुझावहरू निजी क्षेत्रको स्वास्थ्यको लागि मात्रै होइन रहेछन् भन्ने कुरा सरकार र राष्ट्रले अहिले आएर बुझ्न थालेको छ । त्यसैले अर्थतन्त्रलाई पहिलाकै लयमा फर्काउनको लागि एउटै एजेन्डा लिएर अगाडि बढ्नुपर्छ । नेपालको जनसङ्ख्याको १ प्रतिशत ६० लाख मानिसहरू शेयर बजारमा आबद्ध छन् । ६० लाख आबद्ध भएको व्यवसायलाई सरकारले इग्नोर गर्न मिल्दैन । राष्ट्र बैंकले केही दिन पहिला राष्ट्र बैंकले पुँजीबजारका विषयमा गरेको निर्णय गलत रहेछ भन्ने लागेर परिमार्जन भएको छ । नीति परिमार्जन भएसँगै आशा जगाउने काम भएको छ,’ उनले थपे

    त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा व्यवसायलाई उद्योगको रूपमा परिणत गर्न आवश्यक रहेको बताए । उनले घरजग्गा व्यवसाय विश्वमा नै मान्यता भएको व्यवसाय  भएकाले उद्योगको रूपमा विकास गर्न जरुरी रहेको बताए । 

    घरजग्गा व्यवसायले विश्वलाई सहरीकरण गर्ने काम गर्ने भन्दै नेपाललाई पनि सहरीकरण गरी व्यवस्थित गर्ने काम गरिरहेको उनको भनाई थियो । उनले सरकारले घरजग्गा व्यवसायीहरूलाई हेलचेक्राँई गर्ने र प्रतिष्ठित व्यवसायीहरूलाई पनि दलालको जस्तो व्यवहार गर्ने काम भइरहेको बताए । उनले घरजग्गा व्यवसायलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए ।

    त्यस्तै,नेपाल जग्गा तथा आवास विकास महासंघका पूर्वअध्यक्ष मिनमान श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले प्रत्यक्ष लगानीको अवधि र रकम तोक्नुपर्ने बताए । उनले अन्य क्षेत्रमा अवधि तोकेर लगानी गर्न प्रोत्साहन गरिरहेको अवस्थामा घरजग्गा क्षेत्रमा भने अवधि नतोकेकाले अवधि तोकेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने आवश्यकता रहेको सुझाए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार