images
images

मोटरसाइकल बजारमा दशैँ लाग्यो : नगद छुट, सुनदेखि विदेश भ्रमणसम्मको अफर

मोटरसाइकल बजारमा दशैँ लाग्यो : नगद छुट, सुनदेखि विदेश भ्रमणसम्मको अफर

मंगलवार, असोज २३ २०८०
मंगलवार, असोज २३ २०८०
  • images
    images
    मोटरसाइकल बजारमा दशैँ लाग्यो : नगद छुट, सुनदेखि विदेश भ्रमणसम्मको अफर

    काठमाडौँ / नेपालीहरूको महान चाडपर्व दशैँ तिहार छठ नजिकिएसंगै दुई पाँग्रे सवारी साधनमा विभिन्न अफरहरू सार्वजनिक हुन थालेका छन् । अटो व्यवसायीहरूले चाडपर्व नजिकिँदै गर्दा दुई पाँग्रे सवारी साधनमा ग्राहकलाई आकर्षित गर्न विभिन्न अफरहरू सार्वजनिक गरेका हुन् । 

    images
    images

    व्यवसायीहरूले शुन्य प्रतिशत ब्याजदर, डाउन पेमेन्ट, कम्तीमा १० हजार देखि ४० हजार रुपैयाँसम्म नगद छुटमै ग्राहकले मोटरसाइकल खरिद गर्न सक्ने अफर ल्याएका छन् । पछिल्लो समय दुई पाङ्ग्रे सवारीप्रति निकै आकर्षण बढ्दै गइरहेको छ । विशेषगरि युवा पुस्ता माझ मोटरसाइकल मोह अत्याधिक छ । दुईपांग्रे सवारीले सजिलै ट्राफिक जाम छिचोल्न सकिने भएकाले युवाको रोजाइमा मोटरसाइकल पर्ने गरेको व्यवसायीहरूको भनाई छ । 

    यस बर्ष आर्थिक संकुचनका कारण अधिकांश व्यापार व्यवसाय चाडपर्वको माहोलमा पनि चलायमान हुन सकेको छैन । वार्षिक कारोबार हुनेमध्ये ४० प्रतिशत दशैँको माहोलमा हुने गरेकोमा यस बर्ष भने आर्थिक संकुचनको कारण व्यापार व्यवसाय खुम्चिएको व्यवसायीहरू बताउछन् । 

    गत वर्ष आयात प्रतिबन्ध तथा संकुचनले गर्दा व्यापार व्यवसाय कम गरेका सवारी साधन कम्पनीहरुले यो वर्ष ग्राहक तथा व्यापार बढाउनका लागि अफर सार्वजनिक गरेका छन् । कम्पनीहरुले उच्च प्रतिस्पर्धासहित नगद छुटको व्यवस्था गरेका छन् । तर, बजारमा भने मोटरसाइकल तथा स्कुटरको व्यापार कम हुँदै गएको छ ।

    आर्थिक मन्दी र धेरैजसो बाइक चढ्ने युवा विदेसिँदा दुई पाङ्ग्रेको व्यापारमा ठूलो गिरावट आएको छ। युवाहरु पलायन हुँदा त्यसको प्रत्यक्ष असर दुई पाङ्ग्रे सवारी साधनको व्यापारमा परेको छ । कुनै समय एउटै ब्रान्डले मासिक ३० हजार युनिटसम्म बिक्री गर्दै आएका बाइकहरुको बिक्री अहिले मासिक ३ हजार युनिट हाराहारीमा बिक्री हुने गरेको व्यवसायी बताउँछन्। त्यसमा पनि बिक्री संख्या अझै घट्दो क्रममा छ।

    आर्थिक वर्ष २०७८/७९  मा २ लाख ८१ हजार ७ सय ७ युनिट इन्टरनल कम्बसन इन्जिन र विद्युतीय गरेर दुई पाङ्ग्रे सवारीसाधन आयात भएको थियो। यस्तै गत आर्थिक वर्ष २०७९/८० मा १ लाख १२ हजार यस्ता युनिट स्कुटर तथा बाइक आयात भएका छन्। जुन अघिल्लो वर्षको तुलना ७० हजार युनिट कम हो। यस्तै चालु आर्थिक बर्षको दुई महिना अर्थात साउन–भदौँ महिनामा २६ हजार ७ सय ३७ युनिट मात्रै आयात भएको छ। अघिल्लो बर्षको सोहि अबधीको तुलनामा यस्तो आयात ३५.९० प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक बर्षको दुई महिनामा  ४१ हजार ७ सय १४ युनिट मोटरसाइकल तथा स्कुटर आयात भएको थियो । 

    त्यसो त चाडपर्वमा बर्सेनि अफर योजना ल्याइन्छन्। ओह्रालो लागेको कारोबारमा यसपटकको चाडबाड अफरसँगै बिक्रेता कम्पनीहरु धेरै आशावादी देखिएका छन् । व्यापार कम भएपनि होन्डा, यामाहा, टीभीएस, भेस्पा, अप्रिला, सुजुकीलगायत अन्य ब्रान्डका दुई पाङ्ग्रे सवारी साधनको अफर सार्वजनिक गरेका छन् ।

    कुन कम्पनीको अफर कस्तो ?

    १. होन्डा– १० लाखसम्मको नगद उपहार

    बजारमा लोकप्रियमध्ये पर्छ होन्‍डा। होन्‍डाको बाइक तथा स्कुटरले नेपालमा राम्रो बजार पाएको छ। यसपालिको चाडपर्व विशेष कम्पनीले ‘दशैंमा १० लाख’ योजना सार्वजनिक गरेको छ। जसअन्तर्गत होन्डाको कुनै पनि बाइक खरिद गर्दा स्क्र्याच कार्डमार्फत १० लाख रूपैयाँसम्मको नगद उपहार प्राप्त गर्न सकिनेछ। यसबाहेक थप स्क्र्याचमार्फत् १० हजार रूपैयाँ वा ५ वर्षको लागि १२ हजार पाँच सय रूपैयाँसम्मको एएमसी (वार्षिक मर्मत सम्भार सम्झौता) प्राप्त गर्न सकिनेछ। 

    यसबाहेक अहिले होन्डाको एक्सचेन्ज फेस्टिभल ‘होन्डा एक्सचेन्ज फेस्टिभल’ पनि चलिरहेको छ। असोज २३ गते सुरू भएको एक्सचेन्ज फेस्टिभल असोज २७ गतेसम्म चल्नेछ। यसमा ग्राहकले आफ्नो पुरानो बाइक अथवा स्कुटर दिएर नयाँसँग सट्टापट्टा गर्न सक्नेछन्। यसो गर्दा नयाँ बाइक अथवा स्कुटर खरिद गर्दा तीन वर्षसम्म निःशुल्क सर्भिसिङ सेवा पाउन सकिनेछ। साथै, स्क्र्याच कार्डमा‍र्फत् ५० हजार रुपैयाँसम्म थप बोनस प्राप्त गर्न सकिनेछ। कम्पनीले अहिले ग्राहकहरूको सुविधाका लागि भन्दै शनिबार समेत आफ्नो सोरुमहरू खुला रहने समेत जानकारी गराएको छ। 

    २. बजाजको ‘आम्मामा २५ गुणा अफर’,

    बजाज बाइकको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाजको बाइक खरिदमा दसैं अफर योजना ल्याएको छ। कम्पनीले दसैं अफरमा ‘आमामा २५ गुणा अफर’ ल्याएको हो। कम्पनीले यसलाई अहिलेसम्मकै ठूलो अफर योजना भएको जनाएको छ। यो अफर भदौ २४ गतेदेखि सुरू भएको छ भने मंसिर १४ गतेसम्म चल्नेछ। 

    अफर अवधिभर बजाजको बाइक अथवा स्कुटर खरिद गर्ने ग्राहकले २५ गुणा नगद उपहार पाउने बताइएको छ। अर्थात् ग्राहकले बाइक अथवा स्कुटर खर‍िद गर्दा स्क्र्याच कुपनमार्फत दुई लाख पचास हजार रूपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। यसबाहेक सवारी खरिदमा १० हजार रूपैयाँको नगद छुट पनि उपलब्ध गराउने जनाएको छ। 

    बजाजले असोज २४ गतेदेखि असोज २९ गतेसम्म भृकुटीमण्डपमा ‘भ्यालुएसन भने जति, फाइनान्स चाहे जति’ नारासँगै ‘बजाज ग्र्यान्ड कार्निभल’ पनि आयोजना गर्दैछ। ग्राहकहरूले यस कार्निभलमा सहभागी भई आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा उत्कृष्ट भ्यालुएसन पाउनुका साथै शून्य प्रतिशत ब्याजदरमा बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन्। यसबाहेक निःशुल्क एसेसरिज र विभिन्न उपहारहरूको पनि व्यवस्था मिलाइएको छ। 

    ३. यामाहा– आइफोन १४ र जापान जान पाउने अफर

    यामाहा ब्रान्डको मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता यामाहा फेस्टिभ सेलिब्रेसन अफर सार्वजनिक गरेको छ । कम्पनीले सबै प्रकारका मोटरसाइकलमा ८ हजारदेखि १ लाख रुपैयाँसम्म छुटको व्यवस्था गरेको छ । कम्पनीले सबै प्रकारका स्कुटरमा ६ हजारदेखि १ लाख रुपैयाँसम्म छुट दिने जनाएको छ । साथै, कम्पनीले हरेक दिन यामाहा ज्याकेट, हप्तामा आइफोन १४ र मासिक जापान जान पाउने अफर सार्वजनिक गरेको छ ।

    कम्पनीले अवधिभर बाइक अथवा स्कुटर खरिद गर्नेहरूका लागि शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा समेत उपलब्ध गराउने बताएको छ। साथै सवारी साधन खरिद गर्दा निःशुल्क हेल्मेट उपलब्ध हुनेछ। कम्पनीले ग्राहक सुविधाका लागि आफ्नो सोरुमहरू शनिबार पनि खुला रहने बताएको छ। 

    ४. हिरो– १ लाख सम्मको स्क्रायाच कार्ड

    हिरो ब्रान्डको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङले हिरो पर्वमा गर्व अफर ल्याएको छ । कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजार छुटको व्यवस्था गरेको छ । त्यसैगरी, बम्पर उपहारमा एक लाख नगद पुरस्कार र १ लाख सम्मको स्क्रायाच कार्डको अफर सार्वजनिक गरेको छ ।

    ५. टिभिएस– १०० प्रतिशत क्यासब्याकदेखि १० लाख नगद उपहार

    नेपाली बजारमा टिभिएसको दुई पांग्रे सवारी साधन आयातकर्ता एवम् विक्रेता जगदम्बा मोटर्सले पनि यस वर्षको चाडपर्व विशेष नयाँ योजना सार्वजनिक गरेको छ। कम्पनीले ुहर मोडमा उमंगु अफर सार्वजनिक गर्दै बम्परमा १० लाख रूपैयाँ नगद जित्ने योजना सार्वजनिक गरेको छ। 

    योजना अवधिभर बाइक अथवा स्कुटर खरिद गर्ने ग्राहकहरूले पनि हात खाली नहुने गरी स्क्र्याचमार्फत् नगद छुट र उपहारहरू प्राप्त गर्न सक्नेछन्। खरिद गर्नुअघि एक लाख रुपैयाँसम्म, खरिद गरेपछि ५ लाख रूपैयाँसम्म र हरेक महिना लक्की ड्रमार्फत् १०० प्रतिशत क्यासब्याकको योजना टिभिएसले सार्वजनिक गरेको हो। बम्परमा १० लाख नगद उपहारसँगै आजीवन वारेन्टीसम्म प्राप्त गर्न सकिनेछ। यसबाहेक कम्पनीले टिकटक प्रतियोगिता पनि गराउँदैछ। जसमा विजेताले एक लाख रूपैयाँ प्राप्त गर्न सक्नेछन्। 

    ६. सुजुकी– १० ग्राम सुन प्राप्त गर्न सकिने 

    नेपालमा सुजुकीको दुई पांग्रे सवारी साधन आयातकर्ता एवम् विक्रेता भिजी अटोमोबाइल्स प्रालिले चाडपर्व विशेष ‘बाडौं खुशी चढौं सुजुकी’  योजना सार्वजनिक गरेको छ। कम्पनीले विशेष दसैं–तिहार लक्षित योजना सार्वजनिक गरेको हो जसअन्तर्गत पक्का नगद छुटदेखि बम्परमा १० ग्राम सुन प्राप्त गर्न सकिनेछ। 

    कम्पनीका अनुसार योजनअवधिभर ग्राहहले सुजुकीको कुनै पनि मोडलको बाइक अथवा स्कुटर खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् भने एक्सचेन्जमा बजार मूल्यांकनभन्दा १० देखि १५ हजार बढी प्राप्त गर्न सक्नेछन‍्। त्यस्तै एक वर्षको सडक करमा छुट उपलब्ध गराइनेछ। 

    सुजुकीको योजनामा यस वर्ष विशेष भनेको फर्टनाइट बम्पर उपहार हो। यसअन्तर्गत प्रत्येक १५ दिनमा एक जना ग्राहकले १० ग्राम सुनको सिक्का प्राप्त गर्न सक्नेछन्। सुजुकीको ‘बाडौं खुशी चढौं सुजुकी’ योजना मंसिर ३ गतेसम्म लागू हुनेछ। 

    ७. रोयल इन्फिल्ड– कम्पनीको एक्सचेन्ज मेला

    रोयल इन्फिल्डले दसैं–तिहारलाई लक्षित भिन्न योजना सार्वजनिक गरेको छैन। तर कम्पनीको एक्सचेन्ज मेला पनि जारी छ। असोज २१ गते सुरू भएको एक्सचेन्ज मेला असोज २६ गतेसम्म चल्नेछ। यो अवधिमा ग्राहकहरूले आफ्नो पुरानो कुनै पनि ब्रान्डको बाइक अथवा स्कुटरसँग रोयल इन्फिल्डको बाइक सट्टापट्टा गर्न सकिनेछ। यसको लागि कम्पनीले राम्रो भ्यालुएसन दिने समेत जनाएको छ। यसबाहेक कम्पनीले फाइनान्सिङको सुविधा पनि उपलब्ध गराउने जनाएको छ।

    ८. बेनेली– बेनेलीको ज्याकेट उपहारदेखि गो प्रो ११ प्राप्त 

    ‘दसैं–तिहारको बहार, नगद नै नगद उपहार’ योजनअन्तर्गत बेनेलीले पनि चाडपर्व विशेष अफर सार्वजनिक गरेको छ। योजनाअन्तर्गत बेनेलीको बाइक अथवा स्कुटर खरिदमा कम्तीमा १० हजार रूपैयाँ पक्का नगद उपहार प्राप्त गर्न सकिनेछ। स्क्र्याच कुपनमार्फत् एक लाख रूपैयाँसम्म नगद प्राप्त गर्न सकिनेछ। त्यस्तै प्रत्येक हप्ता बेनेलीको ज्याकेट उपहार प्राप्त गर्न सकिनेछ भने मासिक गो प्रो ११ प्राप्त गर्न सकिनेछ। 

    ९. केटिएम र हस्कभर्ना– ५० प्रतिशत डाउनपेमेन्टमा बाइक खरिद

    केटिएम र हस्कभर्नाले चाडपर्व विशेष ुगियर अप विथ केटिएमरहस्कभर्नाु योजना सार्वजनिक गरेक छ। योजनाअन्तर्गत कुनै पनि दुई पांग्रेसँग केटिएम–हस्कभर्नाको बाइक सट्टापट्टा गर्न चाहेमा बजार मूल्यभन्दा १५ हजार बढी भ्यालुएसन प्राप्त गर्न सकिनेछ। त्यस्तै ५० प्रतिशत डाउनपेमेन्ट राखेर बाँकी रकम वार्षिक ९.९९ प्रतिशत ब्याजदर तिर्नेगरी बाइक खरिद गर्न सकिनेछ। बाइक खरिदमा एक्सक्लुसिभ राइडिङ ज्याकेट प्राप्त गर्न सकिनेछ।

    १०. भेस्पा र अप्रिलिया– शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङको सुविधा

    नेपाली बजारमा भेस्पा र अप्रिला ब्रान्डको आधिकारिक विक्रेता डेल्टा अटोकर्पले यसपालिको चाडपर्व विशेष ‘भेस्पा र अप्रिलियासँग उपहारको तरंग’ योजना सार्वजनिक गरेको छ। योजनअन्तर्गत भेस्पा र अप्रिलियाको कुनै पनि मोडलको स्कुटर खरिदमा १० हजार नगद छुट र शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङको सुविधा प्राप्त गर्न सकिनेछ। यसका साथै साप्ताहिक विजेता घोषणा गरी विजेतालाई हनर ९० (५जी) मोबाइल उपहार दिइनेछ भने बम्परमा एक जनाले इटाली घुम्ने मौका प्राप्त गर्न सक्नेछन‍्। बम्पर योजनअन्तर्गत छानिने एक जनालाई कम्पनीले पाँच दिनको इटाली भ्रमण गराउनेछ। 

    ११. इटालिका– ४० हजारसम्म छुटदेखि निःशुल्क हेलमेट

    पछिल्लो समय बजारमा इटालिकाको बाइक तथा स्कुटरले पनि लोकप्रियता कमाएको छ। चाडपर्वको बजार लक्षित कम्पनीले पनि ‘दस‌ैँ मेगा अफर’ सार्वजनिक गरेको छ। योजनअन्तर्गत फर्मुला १५० को खरिदमा २० हजार रूपैयाँ छुट प्राप्त गर्न सकिनेछ।इटालिकाको स्टालियन २५० र नेभाडा २५० को खरिदमा ४० हजार रूपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ। एक्सचेन्जमा भने बजार मूल्यभन्दा २० हजार रूपैयाँदेखि ४० हजार रूपैयाँ बढी भ्यालुएसन प्राप्त गर्न सकिनेछ। त्यस्तै इटालिकाको कुनै पनि मोडलको बाइक तथा स्कुटर खरदिमा निःशुल्क हेलमेट पनि प्राप्त गर्न सकिनेछ। 

    यीसँगै थुप्रै अन्य ब्रान्डका कम्पनीहरू जस्तै मोटरहेड बाइक, जिहो नेपाल, तारो मोटो नेपाल लगायतले पनि चाडपर्व विशेष योजनाहरू सार्वजनिक गरेको छ। यसरी कम्पनीहरूले उपलब्ध गराउने योजनाहरूमा केही सर्तहरू भने लागू हुने बताएको छ।

    १२. सुपर सोको– २ वर्ष निःशुल्क सर्भिसिङ

    विद्युतीय सुपर सोको मोटरसाइकल तथा स्कुटरले पनि यो वर्ष दसैंलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ । कम्पनीले दसैंअफरमार्फत् ४० हजार छुट र थप मूल्यमा १० हजार छुट दिने जनाएको छ । त्यसैगरी, कम्पनीले इएआईमा ३ हजार ९५८ तिरेर हेल्मेट निःशुल्कमा बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन् । साथै, एक वर्षको सडक दस्तुर, २ वर्ष निःशुल्क सर्भिसिङको व्यवस्था गरेको छ । उक्त अफर असोज ७ गतेदेखि लागू भई आगामी ३० गतेसम्मको लागि मात्र रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार