images
images

मँहगीको मारमा भान्सा : जिरा, चिनी, चामल, चिउराको भाउ छोइनसक्नु, एक वर्षमा कुनको मूल्य कति महँगियो ?

मँहगीको मारमा भान्सा : जिरा, चिनी, चामल, चिउराको भाउ छोइनसक्नु, एक वर्षमा कुनको मूल्य कति महँगियो ?

पछिल्लो एक वर्षको अवधिमा खाद्यान्नदेखि, खानेतेल र तरकारीसम्मको मूल्यसूची हेर्दा गत वर्षको तुलनामा यो वर्षको दसैँ महँगो हुने देखिएको हो ।

मंगलवार, असोज २३ २०८०
मंगलवार, असोज २३ २०८०
  • images
    images
    मँहगीको मारमा भान्सा : जिरा, चिनी, चामल, चिउराको भाउ छोइनसक्नु, एक वर्षमा कुनको मूल्य कति महँगियो ?

    काठमाडौँ / नेपालीहरूको घर आगनमा विस्तारै दसै तिहारको आगमन हुँदै छ । तर दसैँको मुखमा अत्यावश्यकीय खाद्यान्न चामल, दाल, चिउरा, आँटा, गेडागुडीलगायतका उपभोग्य वस्तुको भाउ महँगिएको छ । आर्थिक मन्दीले थलिएका उपभोक्ता अस्वाभाविक मूल्य वृद्धिले झनै आक्रान्त बनेका छन् ।

    images
    images

    पछिल्लो १ वर्षको अवधिमा खाद्यान्नदेखि, खानेतेल र तरकारीसम्मको मूल्यसूची हेर्दा गत वर्षको तुलनामा यो वर्षको दसैँ महँगो हुने देखिएको हो । पछिल्लो एक वर्षको बिचमा दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशतसम्मले मूल्य वृद्धि भएको पाइएको छ । यसबिचमा महँगो नभएको कुनै वस्तु नै छैन । चिनीमा त पछिल्लो पटक कालो बजारी नै भएको छ ।

    खुद्रा व्यापार संघका अनुसार गत वर्षको तुलनामा यस बर्ष अधिकांश वस्तुको मूल्य बढेको छ । संघले उपलब्ध गराएको सूचीअनुसार यो वर्ष दाल, चामल, गेडागुडी, खानेतेल लगायत सबैजसो वस्तुको मूल्य बढेको छ । यसैगरी, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सबैजसो तरकारीजन्य वस्तुको मूल्य समेत बढेको छ ।

    चिउरा ४० प्रतिशतसम्म महंगो ! 

    दसैंमा चामलभन्दा बढी चिउराको खपत अत्यधिक हुन्छ । चिउराको मूल्यले पनि अहिले उकालो लागेको छ । २०७९ असोजमा १ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको ताइचिन चिउराको मूल्य हाल ४० प्रतिशतसम्म बढेर १ सय ६० रुपैयाँ पुगिसकेको छ । यस्तै ७५ रुपैयाँ प्रतिकिलोमा गत वर्ष कारोबार गरेको तराई चिउराको मूल्य अहिले ६.६७ प्रतिशले बढेर प्रतिकिलो १ सय ५ रुपैयाँ पुगेको छ ।

    नेपालीको भान्सामा नभई नहुने चामल साउनदेखि नै महँगिएको हो। गत साउन ४ गतेदेखि भारतले बासमती बाहेकका (मोटा जातका ह्वाइट राइस–अरुवा चामल) निर्यातमा प्रतिबन्ध घोषणा गरेको थियो। त्यसको २–४ दिनमै नेपाली बजारमा महँगी बढ्न थाल्यो। व्यपारीहरूले पुरानै स्टक चामलको मूल्य बढाएर बिक्री गर्न थालेपछि सरकारले बजार अनुगमन केही दिनका लागि कडाइ त गर्यो। तर त्यसलाई निरन्तरता दिएन।

    यता फेरि भारतले गत भदौ ८ गते सबै प्रकारका उसिना चामल निर्यातमा २० प्रतिशत भन्सार लगायो। त्यसपछि बजारमा चामलको भाउ घटेन, बरु बढ्दै गयो। अहिले बजारमा २५ केजीको जिरा मसिनो चामलमा प्रतिबोरा ९५ रुपैयाँसम्म बढेको छ। पहिला २१ सय रुपैयाँ प्रतिबोरा पर्ने चामल अहिले २२ सय ५० रुपैयाँदेखि २ हजार ३७५ रुपैयाँसम्म पुगेको छ। 

    1.JPG

    संघका अनुसार पोखरेली चामल, बासमती र जिरा मसिनो चामलको मूल्य प्रतिकिलो न्यूनतम १० रुपैयाँले बढेको छ । यस्तै, ताइचिन चिउराको मूल्य १ वर्षमा प्रतिकिलो १० रुपैयाँले बढेको छ भने मुसुरको दालबाहेक सबैजसो दालहरूको मूल्य समेत बढेको छ । संघका अनुसार मासको दाल प्रतिकेजी १६.६१ प्रतिशत, रहरको दाल ३०.५५ प्रतिशतले बढेको छ भने मुसुरको दाल प्रतिकिलो २.८५ प्रतिशतले घटेको छ ।

    गेडागुडी गत बर्षको तुलनामा सस्तो ! 

    दसैँको बेलामा सबै प्रकारको खाद्यन्न महँगो भएको भएता पनि गोडागुडि (चना, केराउ, राजमा, सेतो सिमी, बोडी) भने गत बर्ष भन्दा सस्तो पाइएको छ । गत बर्ष प्रतिकिलो १७५ रुपैयाँसम्म बिक्री भएको चना यस बर्ष प्रतिकिलो १२० रुपैयाँमा कारोबार हुने संघले जनाएको छ ।

    2.JPG

    सस्तियो तेलको मूल्य पनि– घ्यु मात्रै १२.५ प्रतिशतसम्म बढ्यो 

    युक्रेन र रुस विश्वभरमा सबैभन्दा धेरै सूर्यमुखी, भटमास र तोरीको तेल निर्यात गर्ने मुलुकहरूको सूचीमा शीर्ष स्थानमा पर्छन् । तर, गत बर्ष रुस–युक्रेनबीच युद्ध हुँदा र दक्षिण अमेरिकामा खडेरी चल्दा खानेतेलको मूल्य बढेको थियो । 

    गत बर्ष सबैभन्दा महंगो खानेतेल भएपनि यस बर्ष भने खाने तेलबाट नेपालीको भान्सा हल्का सस्तो हुन पुगेको छ । गत बर्ष प्रतिलिटर ४०० रुपैयाँमा कारोबार भएको भुटेको तोरीका तेल यस बर्ष ३५० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ । 

    गत बर्ष रुस–युक्रेनबीच युद्ध हुँदा र दक्षिण अमेरिकामा खडेरी चल्दा खानेतेलको मूल्य बढेको व्यवसायीहरूको भनाइ छ । युक्रेन र रुस विश्वभरमा सबैभन्दा धेरै सूर्यमुखी, भटमास र तोरीको तेल निर्यात गर्ने मुलुकहरूको सूचीमा शीर्ष स्थानमा पर्छन् । तर, यीनै मुलुक आपसी द्वन्द्व फस्दा विश्वभर खानेतेलको आपूर्तिमा समस्या भएकाले मूल्य बढेको थियो ।

    3.JPG

    जिरा किलो कै १ हजार ४ सय रुपैयाँ ! 

    अघिल्लो बर्षको तुलनामा यो बर्षको दसैँ झनै महँगो हुने भएको छ । चाडबाडमा मसलाको रुपमा अत्याधिक खपत हुने जिराको मूल्य दसैँको मुखमा देब्बर भन्दा बढिले बढेको छ । गत बर्ष २०७९ मा जिराको प्रतिकिलो मूल्य ४५० रुपैयाँ थियो । नेपाल खुद्रा व्यापार संघको अनुसार गत बर्ष यता जिराको मूल्य ३ पटकसम्म बढेर हाल बजारमा एक हजार २५० रुपैयाँदेखि एक हजार चार सय रुपैयाँको हाराहारिमा पुगेको छ । चैत २०७९ मा प्रतिकेजी जिराको मूल्य ७ सय रुपैयाँ थियो । यस्तै,  बैशाखमा जिराको मूल्य प्रतिकिलो ८ सय ५० रुपैयाँ थियो । 

    एक किलो दाना जिराको मुल्य होलसेलमै १२ सय नाघेको छ । नेपाल खुद्रा व्यापार संघको अनुसार दाना जिराको भाय बढेर प्रतिकिलो १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । गत बैशाखमा ४०० रुपैयाँमा कारोबार हुने दाना जिराको मुल्य ५ महिनामा नै ३ गुणाले बढेको छ । आम उपभोक्लाले भने हाल दाना जिराको लागि प्रतिकिलो १४ सय सम्म तिनुपर्नेछ । त्यस्तै, जिरा पाउडरको मुल्य बढेर प्रतिकिलो १३ सय रुपैयाँ पुगेको छ । बैशाखमा पाँच सय रुपैयाँ रहेको जिरा पाउडर खुद्रा मुल्य झन्डै ३ गुणाले बढेको संघले जनाएको हो । संघका अनुसार विगत ४–५ बर्षदेखि जिराको मुलय प्रतिकिलो ५ सय रुपैयाँ भन्दा माथि पुगेको थिएन । तर यसपटक गएको दसैँ तिहार पछि विस्तारै मुल्य बढ्न थालेको हो ।

    4.JPG

    ग्यासको मूल्य ५.४५ प्रतिशतले बढ्यो

    गत बर्षको तुलनामा यस बर्ष ग्यासको मूल्य ५.४५ प्रतिशतले बढेको छ । गत बर्ष प्रति सिलिन्डर १८ सय रुपैयाँमा बिक्री भइरहेको ग्यासको यस बर्ष १८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । स्वचालित मुल्य प्रणली अनुसार नेपाल आयल निगमले असोज १३ गते शनिबार ग्याँसको मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँले बढाएको थियो । उक्त समयमा प्रतिसिलिण्डर ग्यासको मुल्य २१ सय १० रुपैयाँसम्म पुगेको थियो । तर उक्त समयमा सरकारले चाडपर्वको समयमा मुल्यवृद्लिे जनतालाई असर पुग्ने भन्दै पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने   र ग्यास तथा पेट्रोलियम प्रदार्थको मुल्य नबढाउन निर्देशन दिएको थियो ।

    5.JPG

    महंगीयो तरकारी पनि

    गत बर्ष असोजको अन्तिम साताको तुलनामा यो बर्षको सोहि अवधीमा सबैजसने तरकारी तथा फलफुलको मूल्य पनि बढेको देखिएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक बर्षको अन्तरालमा अधिकांश तरकारी तथा फलफुलको मुलय बढेको हो । 

    यस अबधीमा गोलभेडा, बन्दा, काउली, घिरौला, पिडालु, लौका, अदुवा, धनिया, कागती, तनेबोडी, स्याउ, केरा, मौसम, जुनार र मेवा लगायतका केहि तरकारी तथा फलफुलको मुल्य बढेको छ । यस्तै, हरियो खुर्सानी, कुरीलो, तोरीको साग, च्याउ, स्कूस, बरेला, टाटे सिमी अनार, भुई कटर, निबुवन, अम्बा र नासपति जस्ता केहि तरकारी तथा फलफुलको मूल्य भने घटेको छ ।

    १ बर्षमा कुन तरकारी कतिले महंगियो ? 

    समितिले सार्वजनिक गरेको मुल्य सुचीअनुसार लोकल सानो गोलभेडा गत बर्षको तुनामा ५९.८४ प्रतिशतले बढेको छ। गत बर्षको असोज २३ गते १७ रुपैयाँमा खरिद–बिक्री भएको लोकल सानो गोलभेडा यस बर्ष बढेर ४४ रुपैयाँ पुगेको हो । यस्तै, घिरौला ५२.६६ प्रतिशतले बढेको छ भने लोकल घिउ सिमी ३५.२९ प्रतिशतले बढेको छ ।  यस्ते, गत बर्ष प्रतिकिलो ५५ रुपैयाँमा खरिद–बिक्री भएको अदुवा आज १५० रुपैयाँ पुगेको छ ।

    price increase vegetable.JPG

    price increase fruits.JPG

    किलोकै १६० रुपेयाँ तिर्दा पनि पाइँदैन चिनी ! 

    चाडपर्वको मुखैमा बजारमा चिनी अभाव भएको छ । चिनी अभावका कारण यसपटकको दसैं तिहार खल्लो हुने भएको छ । स्वदेशी उत्पादनको चिनी सकिएको र भारतलगायतबाट आयात हुने चिनी नआएका कारण चाडबाडकै बेला बजारमा चिनीको व्यापक अभाव देखिएको हो । 

    आवश्यक प्रक्रिया पुरा गरी चिनी आयात गर्न समय लाग्ने भएकाले दसैं र तिहारको समयमा आम उपभोक्ताले बजारमा चिनीको ठूलो अभाव व्यहोर्ने अवस्था सिर्जना भएको व्यवसायीले जनाएको छ । हाल प्रतिकेजी १६० रुपैयाँ तिर्न तयार हुँदासमेत सर्वसाधारण उपभोक्ताहरूले चिनी पाउन सकेका छैनन् ।
    यता सरकारी दुई व्यापारिक संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ कर्पोरेसनमा समेत चिनीको स्टक क्लियर अर्थात् मौज्दात सकिएको कम्पनीहरूले जनाएको छ । सरकारले असोज २१ गते आइतबारदेखि दसैँ–तिहार विशेष सुपथ पसल सञ्चालन गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी अभावकै कारण आफ्ना बिक्री केन्द्रहरूमा राखिएका मूल्य सूचीमा चिनी समावेश नगरिएको जनाएको छ ।

    भारतमा ७ बर्षमा भएको चिनी उत्पादन र निर्यात

    sugar.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार