चर्चित समाचार
  • श्रीलङ्कामा आर्थिक सङ्कटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरु

    श्रीलङ्कामा आर्थिक सङ्कटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरु

    आइतवार, जेठ ६ २०८१
    आइतवार, जेठ ६ २०८१
  • श्रीलङ्कामा आर्थिक सङ्कटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरु

    श्रीलङ्कामा आर्थिक सङ्कटका कारण स्थगित गरिएको ‘सुरक्षा’ नामक विद्यार्थी बीमा कार्यक्रम पुनः सञ्चालन गर्न आदेश दिनुभएको राष्ट्रपतिको सञ्चार महाशाखाले आइतबार जनाएको छ । 

    असारको पहिलो हप्तादेखि देशभरका सबै विद्यालयका विद्यार्थीले पुनः एकपटक यो बीमा योजनाबाट लाभ लिन सक्ने छन् ।

    अर्थ, आर्थिक स्थायित्व र राष्ट्रिय नीतिमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएका राष्ट्रपति विक्रमासिङ्घेले शिक्षामन्त्रीसँग प्रस्तुत गर्नुभएको संयुक्त  पत्रलाई सरकारले हालै स्वीकृत गरेको छ ।

    सन् २०१७ मा लागू गरिएको ‘सुरक्षा’ बीमाको उद्देश्य स्वास्थ्य समस्याबाट प्रभावित विद्यार्थीहरूको लागि निरन्तर शिक्षा सुनिश्चित गर्नु र विद्यार्थी सुरक्षाको प्रत्याभूत गर्दै विद्यालयमा धेरैभन्दा धेरै बालबालिकाको उपस्थिति सुनिश्चित गर्नु रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार