images
images

आरएसडिसी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा परिणत हुने

आरएसडिसी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा परिणत हुने

बिहिवार, असोज २५ २०८०
बिहिवार, असोज २५ २०८०
  • आरएसडिसी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा परिणत हुने

    काठमाडौँ / आरएसडिसी लघुवित्त वित्तीय संस्थाको शेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ । कम्पनीले संस्थापक शेयर संरचनालाई ५१ प्रतिशतमा झार्ने जानकारी दिएको छ ।

    कम्पनीको हालसंस्थापक शेयरधनीको ६० प्रतिशत शेयर स्वामित्व रहेको छ । उक्त शेयर स्वामित्वतबाट ९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिणत गरी संस्थापकको ५१ प्रतिशत स्वामित्व कायम गर्ने भएको हो ।

    सस्थापक संरचनालाई ५१ प्रतिशत कामय गर्ने भएकाले इच्छुक संस्थापकले सर्वसाधारणमा परिवर्तन गर्ने वा नगर्ने जानकारी गराउन कम्पनीले अनुरोध गरेको छ ।

    संस्थापक शेयरलाई सर्वसाधारण गर्न इच्छुक नभएमा ३५ दिनभित्र जानकारी गराउन संस्थापक शेयरधनीहरुलाई कम्पनीले अनुरोध गरेको हो । यदि उक्त अवधिमा जानकारी नगराए कानून बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ । 

    उक्त शेयर सर्वसाधारण्मा परिणत भएपछि कम्पनीको सेयर संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहको कायम हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार