काठमाडौँ / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कास्की जिल्लाको पोखरा महानगरपालिका १ मा निर्माणाधिन बिन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो ।