images
images

मिसिका फाउन्डेसनद्वारा कालीखोलाको विद्यालयमा न्यानो कपडा वितरण

मिसिका फाउन्डेसनद्वारा कालीखोलाको विद्यालयमा न्यानो कपडा वितरण

आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • मिसिका फाउन्डेसनद्वारा कालीखोलाको विद्यालयमा न्यानो कपडा वितरण
    images
    images

    “मिसिका फाउन्डेसनले मङ्सिर ६ गते इच्छाकामना – ६ कालीखोला, चितवनस्थित देवी भन्ज्याङ राष्ट्रिय आधारभूत बिद्यालयमा अध्यानरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ। 

    उक्त फाउण्डेसन मनकामना ग्रुप अफ कम्पनी अन्तर्गत सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले स्थापना भएको संस्था हो ।

    विगतका बर्षहरुमा जस्तै यसबर्ष पनि स्व. मिसिका अर्यालको १० औं स्मृति दिवस पारि जाडोमा न्यानो कपडा तथा स्टेसनरीका सामाग्रीहरु वितरण गरेको हो। 

    बिशेष गरि बिपन्न समुदाय अन्तर्गत चेपाङ समुदायका बालबालिकाहरु अध्यायन गर्ने उक्त बिद्यालय चितवनको सदरमुकाम भरतपुर तथा मुग्लिन बजार एवमहाईवे बाट नजिकै भएता पनि बत्ति मुनिको अध्यारो जस्तै दुर्गम मानिएको छ । 

    misika 4.png

    कार्यक्रम मिसिका फाउन्डेसन, इनर ह्विल अफ नारायणी, लायन्स क्लव अफ चितवन सिटि र लायन्स क्लब अफ चितवन मर्सीको संयुक्त रुपमा कार्यक्रम सम्पन्न भएको हो । 

    कार्यक्रममा बोल्दै मनकामना ग्रुप अफ कम्पनि तथा मिसिका फाउन्डेसनका डिरेक्टर मधुसुदन अर्यालले आजको यस कार्यक्रमले बिपन्न समुदायका बालबालिकाहरुको लागी साहाराको स्रोतमा रूपान्तरण गर्ने सानो प्रयास भएको बताए ।  

    उनले एउटा मिसिका गुमाउनु परेता पनि  यस बिद्यालय बाट सयौं मिसिकाहरुको माया प्राप्त गरिरहेको बताए ।

    misika foundcation 2.png 

    कार्यक्रममा बोल्दै बिद्यालयको प्रधानाध्यापक ज्ञानु पाण्डेले मिसिका फाउन्डेसनले गर्दै आएको यस कार्यक्रमले विद्यार्थीहरुमा पनि बिद्यालय जानु पर्छ र पढ्नु पर्छ भन्ने भावनामा विकास भएको बताए । 

    उनले मिसिका फाउन्डेसनले गर्दै आईरहेको यस कार्य निकै सराहानिय रहेको समेत बताए । 

    misika foundaction.png

    फाउन्डेसन मार्फत जाडोमा न्यानो कपडा प्राप्त हुँदा बिद्यार्थी तथा अभिभावकहरु हर्षित भएका थिए । 

    फाउन्डेसन मार्फत  न्यानो कपडा तथा स्टेसनरीका समानहरु आफुहरुले पाउँदा निकै खुशी लागेको कक्षा ६ मा अध्यानरत छात्रा संगीता चेपाङ बताउँछिन । 

    फाउन्डेसनले आगामी दिनहरुमा पनि यस्तै कार्यहरुलाई निरन्तरता दिने बताएको छ । 

    ओमकार अर्याल/ चितवन   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार