images
images

कंगोमा डुंगा दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु, २६१ बेपत्ता

कंगोमा डुंगा दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु, २६१ बेपत्ता

आइतवार, असोज २८ २०८०
आइतवार, असोज २८ २०८०
  • कंगोमा डुंगा दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु, २६१ बेपत्ता

    किन्शासा / उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को इक्वेटुर प्रान्तस्थित कङगो नदीमा  डुङ्गा डुब्दा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै अन्य २६१ जना बेपत्ता भएको प्रान्तीय सरकारले आइतबार जनाएको छ ।

    images
    images
    images
    images

    दुर्घटनास्थलको निरीक्षण गरेका डेपुटी प्रान्तीय गभर्नर टेलर एनगान्जीले एक भिडियो वक्तव्यजारी गर्दै ‘गम्भीर अवस्था रहेको र दोषीहरूलाई कारबाहीका लागि कडाइका साथ निर्णय गरिने’ बताए ।  

    प्रान्तीय अधिकारीहरूका अनुसार उक्त डुङ्गा कङ्गो नदीको बन्दरगाह सहर मबान्डाकाबाट शुक्रबार राति ३०० किलोमिटर भन्दा बढी दूरीमा रहेको बोलोम्बाका लागि छुटेको थियो ।

    प्रत्यक्षदर्शीले सिन्ह्वालाई दिएको जानकारीअनुसार अत्यधिक भारका कारण डुङ्गा पल्टिएको तर डुङ्गामा सवार यात्रुको सङ्ख्या भने अज्ञात छ । 

    विशेष गरी कङ्गो नदीमा अत्यधिक भार र डुङ्गाहरूको खराब अवस्था अधिकांश दुर्घटनाहरूको कारण हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार