images
images

एनआरएनए उच्चस्तरीय समितिको बैठक बस्ने दिन कार्यालय बन्द, कार्यालय परिसरमा प्रहरीको पहरा

एनआरएनए उच्चस्तरीय समितिको बैठक बस्ने दिन कार्यालय बन्द, कार्यालय परिसरमा प्रहरीको पहरा

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • एनआरएनए उच्चस्तरीय समितिको बैठक बस्ने दिन कार्यालय बन्द, कार्यालय परिसरमा प्रहरीको पहरा
    images
    images

    काठमाडौँ /  गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको बैठक बस्ने दिन मंगलबार बद्री केसी समूहले कार्यालय बन्द गरेको छ ।

    बैठक बस्ने समयमा नेपाल न्यूज बैंकको टोली बालुवाटार पुग्दा एनआरएनएको मुख्यालय बन्द रहेको र प्रहरीले पहरा दिइरहेको थियो । केसी पक्षले पूर्वअध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा आउने जानकारी पाएपछि सबै कर्मचारीलाई बिदा दिएको बुझिएको छ ।

    मंगलबार उच्चस्तरीय समितिको बैठक हुने दिन कार्यालय बन्द गरेर केसी पक्ष रणनीतिक बैठकमा जुटेको बताइएको छ । हामीले डा.केसीलाई सम्पर्क गर्दा मोबाइलको स्वीज अफ गरेका थिए भने सिइयो राजेन्द्रकुमार राउतले फोन उठाएनन् । 

    घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा पुग्दा कार्यालय बन्द रहेको पाइएको समितिका सदस्य विनोद कुँवरले जानकारी दिए । ‘कार्यालय बन्द छ, हामीलाई सर्वोच्चको फैसलाअनुसार एकताको महाधिवेशन गराउने जिम्मेवारी दिइएको हो । तर, बैठकको मिति तय भइसकेको अवस्थामा कार्यालय बन्द हुनु निन्दनीय हो’, उनले भने । 

    उनका अनुसार आफूहरु कार्यालयमा आइसकेको भए पनि सम्पर्क गर्दा केसीसहित कसैसँग पनि सम्पर्क हुन सकेको छैन । 

    केसी पनि समितिको सदस्य छन् । ३ बजे बैठक बस्ने तय भएको थियो तर घलेलगायतका समितिका सदस्यहरु कार्यालय खुला नभएकाले बाहिरकै हलमा केही समय बसेर नजिकैको एक रेष्टुरेन्टतर्फ लागेका थिए ।

    केसी पक्ष भने कार्यालय बन्द गरेर बूढानीलकण्ठको एक रिसोर्टमा बैठक गरिरहेको स्रोतले जनाएको छ । घलेलाई असहयोग गर्ने नीतिअनुसार नै एकाएक बनावटी कार्यक्रम बनाएर बूढानीलकण्ठमा रिसोर्टमा कार्यक्रम गरेको समितिका सदस्यहरुले आरोप लगाएका छन् । 

    झण्डै तीन वर्षयता जारी एनआरएनएको विवादमा सर्वोच्च अदालतले गत चैत २१ मा घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउन आदेश दिएको थियो ।  

    परराष्ट्र मन्त्रालयको पत्रअनुसार एकताको महाधिवेशन गराउन पहिलो बैठक राख्दा कार्यालय नै बन्द भएको सदस्यहरुको भनाइ छ। हाल एनआरएनएमा केसी पक्ष, बिनोद कुँवर पक्ष र आरके शर्मा पक्ष गरी तीन समूह सक्रिय छन् । 

    समितिकी सदस्य रविना थापाले ८० लाख गैरआवासीय नेपालीको साझा भवन बन्द गरिनु गलत भएको बताइन् । यस्तै समितिका सदस्य कुल आचार्यले यो दुखद भएको जनाउँदै यस्ता गतिविधि गर्न बन्द गर्न सबैलाई चेतावनी दिए । 

    यस्तै समितिकी सदस्य जानकी गुरुङले सबैको आस्था जोडिएको कार्यालय बन्द गरेर केसी पक्ष भाग्नु दुखद भएको जनाउदै निजी कम्पनी जसरी संस्था चलाइएकोप्रति समग्र गैर आवासीय नेपालीहरु दुखित भएको बताइन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार