images
images

काठमाडौँमा बिवाइडी सिटी स्टोरको शुभारम्भ, केके छन् सुविधा ?

काठमाडौँमा बिवाइडी सिटी स्टोरको शुभारम्भ, केके छन् सुविधा ?

आइतवार, असोज २८ २०८०
आइतवार, असोज २८ २०८०
  • images
    images
    काठमाडौँमा बिवाइडी सिटी स्टोरको शुभारम्भ, केके छन् सुविधा ?

    काठमाडौँ / बिवाइडी अटो प्रा.लि.को नेपालका लागि आधिकारिक वितरक साईमेक्स ईं.प्रा.लि.ले काठमाडौँमा बिवाइडी सिटी स्टोरको शुभारम्भ गरेको छ।

    images
    images

    विद्युतीय सवारीसाधनमा विश्वव्यापी नेतृत्व गर्ने बिवाइडीको नेपालमा मात्रै १२ वटा बिक्रेताहरूको नेटवर्क छ र छिट्टै अन्य स्थानमा पनि विस्तारको योजनामा रहेको कम्पनीले जनाएको छ।

    बिवाइडीका विद्युतीय सवारीसाधन लाई धेरै भन्दा धेरै ग्राहकहरू माझ पुर्याउने लक्ष्यसहित घटस्थापनाका दिन काठमाडौँको सोल्टिमोडमा भव्य समारोहका बिच नयाँ बिक्री केन्द्रको उद्घाटन गरिएको हो। 

    विभिन्न स्थानीय सञ्चारगृहका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य  बिराज भक्त श्रेष्ठले शुभकामना दिए । 

    त्यसैगरी, साईमेक्स कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यस क्षेत्रमा अग्र र उच्च गुणस्तरका विद्युतीय सवारीसाधनको प्रदर्शनी र प्रवर्द्धनमा यो शोरुमले उल्लेखनीय भुमिका खेल्ने बताइन् । 

    विद्युतीय सवारीसाधनका सम्भावित ग्राहकको सेवा र सुविधाका लागि यो शोरुम अत्याधुनिक सुविधा, चार्जिङ स्टेसन, आकर्षक डिस्प्ले र तालिम प्राप्त र ग्राहकका सेवामा समर्पित कर्मचारीहरूबाट सुसज्जित छ। 

    byd1.JPG

    साईमेक्सले बिवाइडी अट्टो ३, बिवाइडी डल्फिन वा अल-न्यू बिवाइडी ई-६ मध्ये कुनै पनि बिवाइडीका सवारीसाधन खरिद गर्ने योजनामा रहेका ग्राहकहरूका लागि सरल एक्सचेन्ज सुविधाका साथमा फाइनान्सका विकल्पहरूको प्रस्ताव लिएर आएको छ।

    दिगो विकास र प्रविधिमा नेपालीको बढ्दो अभिरुचिसँगै बिवाइडीले हरित भविष्यको सुनिश्चित गर्दै विद्युतीय सवारीसाधनको द्रुत विस्तार र वितरणको योजना लिएर आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार