images
images

‘एक्टर टेक-वन’ देशव्यापी प्रदर्शन गरिने, मुद्दा फिर्ता लिने सहमति

‘एक्टर टेक-वन’ देशव्यापी प्रदर्शन गरिने, मुद्दा फिर्ता लिने सहमति

बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • ‘एक्टर टेक-वन’ देशव्यापी प्रदर्शन गरिने, मुद्दा फिर्ता लिने सहमति
    images
    images

    काठमाडौँ / ‘एक्टर’ चलचित्र निर्माता कम्पनी नेपाली डायस्पोरा प्रालिले ‘एक्टर टेक-वन’ चलचित्रलाई देशव्यापी रूपमा प्रदर्शन गर्न दिने भएको छ ।

    बिहीबार पत्रकार सम्मेलन गर्दै ‘एक्टर’ चलचित्रका निर्माता नेपाली डायस्पोरा प्रालि तथा ‘एक्टर–टेक वन’का संयुक्त निर्माताहरू अदूत फिल्मस् प्रालि तथा मोती फिल्म प्रालिका बीच ‘एक्टर टेक-वन’ चलचित्रलाई देशव्यापीरूपमा प्रदर्शन गर्न दिने सहमति भएको जानकारी गराएका हुन् । 

    यसको साथै, ‘एक्टर’ का निर्माताले भोलि माघ १८ गते ‘एक्टर टेक-वन’ निर्माताहरू तथा चलचित्र विकास बोर्ड समेतका विरुद्धमा काठमाडौँ जिल्ला अदालतमा प्रतिलिपी अधिकार ऐन बमोजिम उचित क्षतिपूर्ति दिलाई पाउँ भनि दायर गरेको मुद्दा फिर्ता लिने सहमति पनि भएको छ । 

    चलचित्र विकास बोर्ड, नेपाल चलचित्र संघ तथा नेपालभरका सम्पूर्ण हलहरूमा उल्लेखित ‘एक्टर-टेक वन’ चलचित्र आजकै मितिबाट प्रदर्शन हुने भएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार