images
images

किन बढ्दैछ सुनको मूल्य ? एक सातामै प्रतितोला ५ हजार ४ सय रुपैयाँ महँगियो

किन बढ्दैछ सुनको मूल्य ? एक सातामै प्रतितोला ५ हजार ४ सय रुपैयाँ महँगियो

शनिवार, कार्तिक ४ २०८०
शनिवार, कार्तिक ४ २०८०
  • images
    images
    किन बढ्दैछ सुनको मूल्य ? एक सातामै प्रतितोला ५ हजार ४ सय रुपैयाँ महँगियो

    काठमाडौँ / पछिल्लो एक साता यता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको मूल्यसूची अनुसार गत शुक्रबारको तुलनामा हिजो शुक्रबारसम्म सुनको भाउ प्रतितोला ५ हजार ४ सय रुपैयाँले बढेको हो ।

    images
    images

    गत शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएकोमा हिजो साताको अन्तिम दिनसम्म बढेर १ लाख १५ हजार ५ सय रुपैयाँ पुगेको हो । आज शनिबार भने महासँघले सुनचाँदीको मूल्य सार्वजनिक गरेको छैन । 

    किन बढ्यो मूल्य ? 

    इजरायल–प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अङ्कले वृद्धि भएको छ । विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा समेत परेको छ । 

    नेपाली बजारमा पनि यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम रु ९६ हजार आठ सय ८० रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन हिजो शुक्रबार प्रति १० ग्राम रु ९९ हजार २५ मा पुगेको छ । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम रु दुई  हजार एक सय ४५ ले बढी हो । 

    इजरायल–प्यालेस्टिन द्वन्द्वको प्रभाव र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण लगानीकर्ता सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भएका कारणले सुनको मूल्य वृद्धिमा चाप परेको बताइएको छ । 

    दुई साता अघिसम्म निरन्तर बढेको सुनको मूल्य त्यसयता अमेरिकी डलरको विनिमय दर लगभग स्थिर बन्दै गए पछि केही दिन घटेको थियो । द्वन्द्वका कारण कच्चा तेलको मूल्यमा समेत उतारचढाव आई त्यसको प्रभाव सुनको मूल्यमा समेत पर्नसक्ने विश्लेषकको अनुमान छ । 

    यस्तै यस साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन रु एक हजार एक सय ९२ मा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन हिजो शुक्रबार प्रति १० ग्राम रु एक  हजार दुई सय पुगेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार