images
images

टीकाको साइत मङ्गलबार बिहान ११:०२ बजे उत्तम, टीका लगाउने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्ने

टीकाको साइत मङ्गलबार बिहान ११:०२ बजे उत्तम, टीका लगाउने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्ने

सोमवार, कार्तिक ६ २०८०
सोमवार, कार्तिक ६ २०८०
  • टीकाको साइत मङ्गलबार बिहान ११:०२ बजे उत्तम, टीका लगाउने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्ने

    काठमाडौँ / यस बर्ष दशैँको टीको शुभसाइत बिहान ११ः२ बजे जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दशैँको टिका कार्तिक ७ गते आइबार बिहान ११.२ बजे टिकाको साइत जुरेको हो ।

    images
    images
    images
    images

    नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष कात्तिक ७ गते मङ्गलबार  विजयादशमी परेको छ । 

    विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भएपनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत उत्तम रहेको छ ।  विजयदशमीको टीका लगाउने व्यक्ति पश्चिम मोहडा र लगाइदिने  व्यक्ति पूर्व मोहडा फर्किनुपर्ने समितिले जनाएको छ । दशमीदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

    विजयादशमीका दिन बिहान ९ः२ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ ।
    दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व भव्य रुपमा मनाउँछन् ।

    दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार