images
images

मौसम पूर्वानुमान : आगामी सोमबारसम्म देशभरको मौसम कस्तो रहला ?

मौसम पूर्वानुमान : आगामी सोमबारसम्म देशभरको मौसम कस्तो रहला ?

शनिवार, कार्तिक ११ २०८०
शनिवार, कार्तिक ११ २०८०
  • images
    images
    मौसम पूर्वानुमान : आगामी सोमबारसम्म देशभरको मौसम कस्तो रहला ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    images
    images

    आज शनिबार सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आइतबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    सोमबार कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    वर्षा, चट्याङ्ग र हिमपातको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार