images
images

यू-१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो

यू-१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो

बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • यू-१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो
    images
    images

    काठमाडौँ / भारतको कर्नाटक यू–१९ विरुद्धको सिरिज नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहीबार भएको सिरिजको अन्तिम तथा पाँचौँ खेलमा ७ विकेटको जित दर्ता गर्दै सिरिज नेपालले ३–२ ले जितेको हो । 

    पहिला ब्याटिङ गरेको कर्नाटकले ५० ओभरमा सवै विकेट गुमाएर १९१ रन बनाएको थियो । जवाफमा नेपालले ३९।५ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्दै सिरिज नै जित्न सफल भयो ।

    पहिला ब्याटिङ गर्दा कर्नाटकका रोहित आरभीले सर्वाधिक ४१ रन बनाउँदा इसा एच पुथिङले ३८ रनको पारी खेले । त्यसैगरी गगन राओले ३४ रन बनाउँदा शिव आरले २२ रन बनाएका थिए । आकाश प्रभावकरको ब्याटबाट १८ रन बनाको थियो ।

    नेपालका हेमन्त धामीले १० ओभरमा १ ओभर मेडन राख्दै ३ विकेट लिँदा अभिषेक तिवारीले ७ ओभरमा ३९ रन खर्चिएर २ विकेट लिए । यसैगरी नरेन साउदले ७ ओभरमा १ ओभर मेडन राख्दै २९ रन दिएर २ विकेट लिँदा युवराज खत्रीले ९ ओभरमा १ ओभर मेडन राख्दै ३५ रन दिएर २ विकेट हात पारे । सन्तोष यादवले १० ओभरमा ३२ रन खर्चिए भने विपिन महतोले ४ ओभरमा २० रन दिएका थिए ।

    १९२ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको नेपालले ३९।५ ओभरमा मात्र ३ विकेट गुमाएर जित निकालेको हो । नेपालको जीतमा ओपनर आकाश त्रिपाठीले ८९ रनको नआउट पारी खेले । उनले १ छक्का र ७ चौका प्रहार गरे । 

    यसैगरी मयन यादवले ६६ बलमा ५० रनको अर्धशतकीय पारि खेल्दा १ छक्का र ६ चौका हिर्काए । यसैगरी अर्जुन कुमालले २१ रन बनाउँदा सन्तोष यादवले ४ रनको पारि खेले । अन्त्यमा नरेन भट्ट १८ रनमा नटआउट रहे ।

    कर्नाटकका प्रनव आश्वथले २ तथा तेजस केएले १ विकेट लिए । अन्तिम खेलमात्रै त्रिवि क्रिकेट मैदानमा भएको हो । यसअघिका ४ खेल मूलपानी क्रिकेट मैदानमा भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार