images
images

नर्सरी व्यवसायी संघले ‘तिहार फ्लोरा एक्स्पो’को आयोजना गर्ने, व्यवसायीलाई नगदसहित सम्मानसमेत गरिने

नर्सरी व्यवसायी संघले ‘तिहार फ्लोरा एक्स्पो’को आयोजना गर्ने, व्यवसायीलाई नगदसहित सम्मानसमेत गरिने

आइतवार, कार्तिक १२ २०८०
आइतवार, कार्तिक १२ २०८०
  • नर्सरी व्यवसायी संघले ‘तिहार फ्लोरा एक्स्पो’को आयोजना गर्ने, व्यवसायीलाई नगदसहित सम्मानसमेत गरिने

    काठमाडौँ / नर्सरी व्यवसायी संघ, नेपालले फूल तथा बत्तिको विशेष पर्व तिहारलाई मध्य नजर गर्दै ‘तिहार फ्लोरा एक्स्पो २०८०’को आयोजना गर्ने भएको छ । यही कार्तिक १४ गतेदेखि  १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा हुने ५ दिने तिहार फ्लोरा एक्स्पो हुने संघले जनाएको छ । 

    images
    images
    images
    images

    उक्त एक्स्पोमा देशका विभिन्न भागबाट नर्सरी व्यवसायीहरूको सक्रिय सहभागिता रहने मेला संयोजक रविनकुमार गौतमले बताए । मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल विरुवाहरूलगायत कृषि तथा वन, जडिबट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिने छ ।

    मेलामा ६० वटा व्यवसायिक स्टल रहने छ भने मलखाद, अगानिक एवं रसायनिक बिषाधी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने छ । 

    नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णको लागि मेलाले अवसर उपलब्ध गराउने संघले जनाएको छ । 

    मेलाको आकर्षणको रूपमा प्रदर्शित फूल विरुवाको प्रस्तुतिको सम्बन्धित क्षेत्रको विज्ञ प्राविधिकद्वारा मूल्याङ्कन गराई शिल तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरिने छ ।

    साथै लामो समयदेखि नर्सरी व्यवसायमा क्रियाशिल व्यवसायीहरूमध्येबाट १ जनालाई सम्मानपत्रद्वारा सम्मान गरिनेछ ।

    नर्सरी क्षेत्रमा आयातित वस्तुको प्रतिस्थापनको लागि बृहत लगानीबाट उत्पादनमा सक्रिय व्यवसायीहरूमध्येबाट १ जनालाई नगद, दोसल्ला तथा सम्मान पत्रबाट सम्मान गरिने कार्यक्रम रहेको संयोजक गौतमले जानकारी दिए । 

    उक्त मेलामा कम्तीमा ३० हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै ५० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएको उनले बताए । मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ विद्यार्थीहरूका लागि प्रतिव्यक्ति ५० रुपैयाँको व्यवस्था गरिएको छ । 

    आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले पुष्प नर्सरी, कृषि तथा वन नर्सरी, फलफूल नर्सरी र जडिबुटी नर्सरीका विषय क्षेत्रहरूलाई समेटी व्यवसायीहरूलाई सङ्गठिन गर्ने उद्देश्य लिएको जानकारी दिएको छ । 

    हालसम्म समग्र नर्सरी क्षेत्रको राष्ट्रिय रूपमा सङ्गठित संस्था नभएको तथा नर्सरी व्यवसायीहरूको हक, हित तथा अधिकारको सुनिश्चितताका साथै व्यवसायिक लगानी, सिप, क्षमताको विकास र विस्तार एवं प्रबर्द्धन गर्न सङ्गठित गर्ने छाता सङ्गठनको नभएको समग्र नर्सरी व्यवसायको विकास र विस्तार गरी स्वच्छ वातावरण सहित आय रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले नर्सरी व्यवसाय संघ, नेपालको स्थापना संघले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार