काठमाडौं/ नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु बृद्धिले अपग्रेडेड र थप शक्तिशाली इलेक्ट्रिक एसयुभी दिपल एस–७ एल सार्वजनिक गरेको छ ।
सात सय ५० भन्दा बढी बिक्री भइसकेको फ्युचरिस्टिक र प्रविधिले भरिएको दिपल एस ०७ को सफलताबीच एमएडब्लु वृद्धिले यो सुध्रित पर्फर्मेन्स, एक्टेन्डेड रेन्ज र अत्याधुनिक फिचरले भरिएको दिपल एस०७ एल सार्वजनिक गरेको हो ।
नयाँ दिपल एस०७ एललाई एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, दिपलका ब्रान्ड एम्बासेडर तथा क्यानका सचिव पारस खड्का र एएडब्लु बृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले सार्वजनिक गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष विष्णु अग्रवाल भन्छन्ः
प्रिमियम उत्पादन, अत्याधुनिक प्रविधि र अद्वितीय विक्रीपछिको सेवामार्फत ग्राहकको अनुभवलाई उच्चकोटीको बनाउन एमएडब्लु प्रतिबद्ध छ । आज देशभर ९१ स्थानमा एमएडब्लुका चार्जिंग स्टेसनहरु छन् जुन नेपालकै सबैभन्दा ठूलो सञ्जाल हो ।
यो इभीका ग्राहकलाई सहज बनाउन स्थापना गरिएको हो ।
दिपलप्रतिको विश्वास र प्रतिक्रियाका लागि धन्यवाद पनि प्रकट गर्दछु ।
थप रेन्ज र पावरफुल पर्फमेन्स
एस य०७ एलले अद्वितीय इभि अनुभवमार्फत पर्फर्मेन्स, रेन्ज र ड्राइभिङ्ग एक्साइटमेन्टलाई नयाँ उचाइमा पु¥याउनेछ । दिपल एस०७एलमा १६० किलोवाटको रियर ह्विल ड्राइभ रहेको छ भने ७९.९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको हुनेछ ।
जसले सिंगल चार्जमा ४८५ किलोमिटर डब्लुएलटीपी रेन्ज दिनेछ । स्पिड इन्थुजियास्टका लागि डिजाइन गरिएको यो इलेक्ट्रिक एसयुभीको टप स्पिड एक सय ८० किलोमिटर प्रतिघन्टा रहेको छ भने ० देखि १०० किलोमिटर प्रतिघन्टाको रफ्तार मात्र ६.६ सेकेन्डमा हासिल गर्नेछ ।
अत्याधुनिक डिजाइन र प्रविधि
एस ०७ एलले पनि चर्चित दिपल एस०७ ले जस्तै बोल्ड एक्सटेरियर, फ्रेमलेस डोर ठूला २० इन्चका टायरले सबैको ध्यान आकर्षित गर्दछ ।
यसमा अझै पनि सेग्मेन्टमा नभएका फिचरहरु जस्तै अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, ६ सिनिक मोड छन् ।
क्याबिनमा क्वालकम स्नेपड्रागान ८१५५ चिपजडित १५.६ इन्चको सनफ्लावर टचस्क्रिन हुनेछ यसले इन्फोटेन्मेन्ट र भेहिकल कन्ट्रोललाई बेजोड बनाउनेछ ।
यसबाहेक दिपल एस०७एलमा नेभिगेसन र ड्राइभर इन्फर्मेसनका लागि अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, ह्यान्ड फ्रि अपरेसनका लागि जेस्चर कन्ट्रोल, वेलकम सिट, एन्डभान्स्ड् सेफ्टी ड्राइभिङ्ग, एसाय २.५ जस्ता फिचरहरु रहनेछन् ।
सुरक्षाका लागि यसमा एआईसीसी एडाप्टिभ क्र्युज कन्ट्रोल, एक्टिभ इमर्जेन्सी बे्रकिङ्ग, ब्ल्यान्ड स्पट मनिटरिंग, ट्रान्सपेरेन्ट च्यासिससहितको ३६० डिग्री पानोरामिक क्यामेराले सुचज्जित छ ।
एमएडब्लुवृद्धिले दिपल एस०७ एलको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । तथापी १५ दिनका लागि ग्राहकले मात्र ८१ लाख ९९ हजार रुपैयाँमा आफ्नो बनाउन सक्ने कम्पनीको दाबी छ ।
दिपल टेस्ट ड्राइभ क्याम्प
दिपल एस०७ एल सार्वजनिक भएको उपलक्ष्यमा एमएडब्लु वृद्धिले ५ माघदेखि १२ माघ सम्ममा देशभरका सोरुममा टेस्ट ड्राइभ क्याम्प सुरु गरेको छ । यो अवधिमा दिपल किन्न चाहनेले टप रिकन्डिसन हाउसबाट बजोड एक्सचेन्ज भ्यालु, फ्रि रोड ट्याक्स, फ्रि अटो प्लस इन्स्योरेन्स र ७ किलोवाटको चार्ज समेत पाइने छ ।