images
images

इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसद्वारा मरिन इन्स्योरेन्स कार्यशाला समपन्न

इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसद्वारा मरिन इन्स्योरेन्स कार्यशाला समपन्न

शनिवार, माघ ५ २०८१
शनिवार, माघ ५ २०८१
  • इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसद्वारा मरिन इन्स्योरेन्स कार्यशाला समपन्न
    images
    images

    ““Navigating Risks, Ensuring Confidence” भन्ने नाराका साथ इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेस प्रा.लि.लमरिन इन्स्योरेन्स कार्यशाला सम्पन्न गरेको छ ।

    कम्पनी दर्ता भएको छोटो समयमै दुई दिने कार्यशाला यहि माघ २ देखि ३ गते दुई दिन होटेल रोयल सिङ्गी, दरबारमार्गमा सम्पन्न गरेको जनाएको छ । 

    कार्यशालामा १४ वटा निर्जीवन इन्स्योरेन्स मध्ये १२ इन्स्योरेन्स कम्पनी, २ रिइन्स्योरेन्स, इन्स्योरेन्स ब्रोकर कम्पनीहरु र सर्भेयरहरु प्रतिनिधित्व गर्दै विभिन्न विभागमा काम गर्ने कर्मचारीहरुको उपस्थिती रहेको थियो । 

    उक्त कार्यक्रम संस्थाकै पहिलो कार्यक्रम हो । कार्यक्रममा मूख्य अतिथीको रुपमा चंकी क्षेत्री, नेपाल बीमक संधका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका कार्यकारी प्रमूख उपस्थित थिए । 

    त्यस्तै, विशेष अतिथिको रुपमा प्रा.डा. फत्त बहादुर के.सी. राजुरमण पौडेलको उपस्थिति थियो ।  

    यस्तैगरी प्रा. डा. फत्त बहादुर के.सी. नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष हुन् भने राजुरमण पौडेल नेपाल बीमा प्राधिकरणका पूर्व कार्यकारी प्रमूख हुन् । 

    मूख्य अतिथि चंकी क्षेत्री र आयोजक संस्थाका म्यानेजीङ डाइरेक्टर अन्जन ढकालले संयुक्त रुपमा दिप प्रज्वलन गर्दै दुईदिने तालिमको सुरुवात गरेका थिए । 

    कार्यक्रममा प्रशिक्षकको रुपमा भारतबाट समिरन लाहिरी पालेका थिए । 

    समिरन लाहिरी, जोन. एन. यु. बाट अर्थशास्त्रमा स्नातकोत्तरM.A. / AIII उपाधिधारी, हाल भारतको एचभाभचचभम एबचतलभचक क्ष्लकगचबलअभ द्यचयपभचक का कार्यकारी निर्देशक हुन् । 

    उनी विश्वकै ठूलो ब्रोकरिङ नेटवर्क “UNISON STEADFASTÆ ” (जर्मनी मुख्यालय) का सदस्य हुन् ।  उनले भारत, मौरिसस, र नेपालमा करिब चार दशकसम्म बीमा उद्योगमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।  

    उनी भारत र नेपालका ठूला व्यवसायिक संस्थाहरूलाई परामर्शदाताका रुपमा नि काम गरिरहेका छन् । 

    दुई दिने कार्यक्रममा सहभागीहरुले मरिन इन्स्योरेन्सका नीतिहरु, अभ्यास र अन्र्तराष्ट्रिय मापदण्डहरुलाई   गहन रुपमा छलफल गरिएको थियो । 

    साथै यस क्षेत्रमा देखिएका चुनौतीहरु र अवसरहरुको समिक्षा, मरिन इन्स्योरेन्सको आवश्यकता र जोखिम व्यवस्थापनको बारेमा पनि छलफल भएको थियो ।

    कार्यक्रम इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेस प्रा.लि. को कार्यकारी अध्यक्ष कुमार बहादुर खत्रीको अध्यक्षतामा भव्यसाथ सम्पन्न भएको हो । 

    उनले मरिन इन्स्योरेन्सको महत्व र आवश्यकताबारे प्रकाश पार्दै आफुले सिकेको ज्ञानलाई बीमा क्षेत्रमा लागु गरेर नेपाली बीमा बजारलाई विश्वासीलो बनाउन सम्पूर्ण तालिम लिएका कर्मचारीहरुलाई अनुरोध  गरेका थिए । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार