आइसिसी ट्वान्टी–२० : आज नेपाल र मलेसियाबिच प्रतिस्पर्धा हुँदै

आइसिसी ट्वान्टी–२० : आज नेपाल र मलेसियाबिच प्रतिस्पर्धा हुँदै

मंगलवार, कार्तिक १४ २०८०
मंगलवार, कार्तिक १४ २०८०
  • images
    images
    आइसिसी ट्वान्टी–२० : आज नेपाल र मलेसियाबिच प्रतिस्पर्धा हुँदै

    काठमाडौँ / आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसियाबिच प्रतिस्पर्धा हुँदैछ ।  खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमवार सिंगापुरबिरुद्ध आठ विकेटको जित निकालेको थियो । सोमवारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित आठ टिम सहभागी छन् ।

    एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकपमा स्थान बनाउने छन् । टी–२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । 

    एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई), हङ्कङ, ओमान, बहराइन, कुवेत, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्दैछन् । 

    प्रतियोगिताको समूह ‘ए’ मा आयोजक राष्ट्र नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन् । समूह ‘बी’ मा भने बहराइन, हङ्कङ, कुवेत र यूएई रहेका छन् । प्रारम्भिक चरणमा आफ्नो समूहमा रहेका चारवटै टोलीले एकअर्कासँग एक÷एक खेल खेल्नेछन् । 

    त्यसपछि दुवै समूहबाट तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइन चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । 

    प्रतियोगिताको दुवै सेमिफाइनल खेल कात्तिक १७ गते खेलिने छ । सेमिफाइनल खेलमा सफलता हात पार्दै फाइनलमा पुग्ने दुवै टोली सन् २०२४ मा आयोजना हुने टी(२० विश्वकपका लागि छनोट हुनेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक १९ गते कीर्तिपुर क्रिकेट मैदानमा खेलाइने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार