आज विक्रम संवत २०८१ साल फाल्गुन ११ गते, आइतबार । ईश्वी सन् २०२५ फेव्रुवरी २३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । दशमी तिथी, ९ घडी ५२ पला, बिहान १० बजेर ३३ मिनेट उप्रान्त एकादशी । मूल नक्षत्र, २३ घडी १४ पला, दिउसो ३ बजेर ५४ मिनेट उप्रान्त पूर्वाषाढा । बज्र योग, ६ घडी ५७ पला, बिहान ९ बजेर २४ मिनेट उप्रान्त । करण(गर, बिहान ९ बजेर ४७ मिनेट उप्रान्त वणिज, बेलुकी १० बजेर १४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–बृश्चिक, दिउँसो २ बजेर ४१ मिनेट उप्रान्त धनु । राशिअनुसार तपाईँको आजको दिन कसरी बित्नेछ ?
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापारिक कारोबारमा भएको लेनदेनमा अरुलाई विश्वास नगर्नुहोला । व्यापार, उद्योग तथा सेयर बजारमा गरिएको लगानीबाट आम्दानी बढाउन सकिनेछ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। व्यावसायिक काममा खर्च बढ्नेछ । लगानीका गर्नका लागि उपयुक्त समय पर्खनुहोस् । अरुकै काममा महत्त्वपूर्ण समय बित्न सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम बढेपनि आम्दानी न्युन हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा आफ्नो सामान हराउन सक्छ, सचेत हुनुहोला । मिहिनेत गर्दा भविष्यका लागि फाइदा हुनेछ। गोपनीयतमा ध्यान दिनुहोला । प्रयत्न गर्दा गरेका कामबाट आंशिक लाभ लिन सकिन्छ । कार्यक्षेत्रमा गरेका योगदानको मूल्याङ्कन हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा यात्रा हुनेछ । पर्यटन तथा यात्रासँग सम्बन्धित र साझेदारीमा गरिएको व्यवसायबाट मनग्य लाभ हुनेछ । भौतिक सम्पत्तिको प्रयोगले आम्दानी बढाउन सकिन्छ । उधारो कारोबार बढ्न सक्छ । आँटेका काममा साथ सहयोग मिल्नेछ । उपहार प्राप्त हुने समय छ । आजको दिनमा आयआर्जन राम्रै हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समयमा कार्य सम्पादन नहुदा चिन्ता रहनेछ। काममा ढिलासुस्ती, बैरभाव तथा आफन्तसँग विवाद हुनसक्छ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ । पदोन्नति तथा नयाँ काम पाउने योग केही दिनको लागि टरेर जानेछ । सञ्चित रकम बाहिरिनेछ। उधारोमा व्यापार गर्नुपर्ला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अहंकार वा लोभमा आएर लाभकारी योजनाहरू गुमाउन सक्नुहुनेछ। व्यापार व्यवसायमा सन्तानबाट सहयोग मिल्ला।मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । सेयरबजार तथा बैकिङ क्षेत्रमा गरेको लगानीबाट सोचेजस्तो आम्दानी हुनेछ । अरुका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आलोचना गर्नेहरू सक्रिय हुनेछन् । कार्यक्षेत्रमा सोचेजस्तो सफलता नमिल्ला। अवसर प्राप्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्ला । साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यक्षेत्रमा लगनशीलताले कार्य गर्नुहोस् कार्यमा सफलता मिल्नेछ। आकस्मिक धनलाभ हुनेछ। व्यवसायिक यात्रा हुने भए पनि उपलब्धि न्यून हुनेछ । सम्पत्तिमा देखिएको लामो समयदेखिको विवाद सुल्झिनेछ । दोहोर्याएर काम गर्नुपर्ला । प्रतिस्पर्धामा सफलता मिल्नेछ । लगनशीलताले मात्र लक्ष्य प्राप्त गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनुभवीको सल्लाह लिएर मात्रै निर्णय गर्नुहोला । सकारात्मक सोचेले गरेका काममा सफल भइनेछ । व्यापार तथा उद्योगको लगानी फस्टाएर जानेछ । धन तथा सम्पत्ति संग्रह गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाउने योग छ । गोपनीयतामा ख्याल गर्नुहोला । अवसर आए पनि काम पूरा गर्न समय लाग्नेछ । प्रयत्न गर्दा चिताएको काम बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार व्यवसायमा नयाँ कामको सुरुवात हुनेछ। साथ सहयोग दिनेहरु प्रशस्त भेटिनेछन् । पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। आँटले काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। व्यापार व्यवसाय फस्टाउदा आर्थिक क्षेत्र सबल हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
फजुल खर्चबाट जोगिनुहोस्। कामप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। आलस्यले काम बिग्रन सक्छ । अनावश्यक खर्च वा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नाम तथा दाम दुवै कमाउन सकिनेछ । तरल पदार्थ तथा हाइड्रो पावरको लगानी फस्टाएर जानेछ । सेयर बजार र शिक्षासँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानीको स्रोत बढाउन सकिनेछ । व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। साझेदारीमा गरिएको कामबाट फाइदा लिन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नोकरी वा पेशामा पदोन्नतिका योग छन्। आयस्रोत बढ्नेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। व्यापारमा नाफा कमाउन बढी नै समय दिनु पर्नेछ भने नोकरीमा विशिष्ट व्यक्तित्वहरुसँग विवाद बढ्नेछ । अरुका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तत्काल फाइदा नहुने काममा अलमल हुनेछ।