images
images

सरकारले गरेका राम्रा कामहरूबाट परिवर्तनविरोधीहरू तिलमिलाए : प्रधानमन्त्री प्रचण्ड

सरकारले गरेका राम्रा कामहरूबाट परिवर्तनविरोधीहरू तिलमिलाए : प्रधानमन्त्री प्रचण्ड

बिहिवार, कार्तिक १६ २०८०
बिहिवार, कार्तिक १६ २०८०
  • images
    images
    सरकारले गरेका राम्रा कामहरूबाट परिवर्तनविरोधीहरू तिलमिलाए : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका राम्रा कामहरूबाट परिवर्तनविरोधीहरू तिलमिलाएको बताएका छन् । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीको बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय समितिका केन्द्रीय सदस्य, आयोग र प्रदेश पदाधिकारी बैठकमा सम्वोधन गर्दै परिवर्तनविरोधीहरूको षड्यन्त्र निरन्तर असफल बनाउँदै आएको बताए । 

    images
    images

    उनले भने, “यो सरकारलाई के गरि असफल पार्न सकिन्छ र गठबन्धन के गरि तोड्न सकिन्छ भनेर एक थरी शक्ति र तत्व न्वारानदेखिको बल लगाएर लागिरहेका छन्, नौ महिनामा ७ जना त प्रधानमन्त्री तयार गरिसके । तर सबै प्रयास सरकार र नेतृत्वले असफल पारिरहेको छ ।” अझै पनि त्यस्ता प्रतिगामी  षड्यन्त्रहरू चलिरहेको बताउँदै असफल पारिछाड्ने उनले बताए । 

    प्रचण्डले माओवादी केन्द्रले चलाएको अभियान मुलभुत रूपमा सफल रहेको र पहिले भन्दा गम्भीर र जनतासँग जोडिएको पाएको बताए ।उनले जनता नै ईतिहासका निर्माता भएको र जनतासँग जोडिने कुरानै प्रधान विषय भएको दोहोर्याए । अभियानबाट पार्टी देशभर चलायमान र व्यवस्थित हुँदै गएको कुरा विरोधिहरूले समेत भनेको बताउँदै उनले अब जनतालाई परिचालन गर्ने तर्फ अभियान केन्द्रित गर्नुपर्ने बताए । 

    प्रचण्डले जनतालाई सरकारले गरेका कामको जानकारी दिन, परिवर्तनको पक्षमा जागरुक गर्न र प्रतिगमनकारी प्रवृत्तिलाई खबरदारी गर्न आगामी मंसिर २२ गते जनपरिचालन गर्ने योजना रहेको जानकारी दिए । 

    उनले जनपरिचालनलाई माओवादीले सडक संघर्ष गर्न लाग्यो भनेर मिडियामार्फत परिवर्तनविरोधीले स्याल हुईँया मच्चाएको बताउँदै जनतालाई सत्य के बताउन जरुरी रहेको बताए । 

    उनले भने, “माओवादीको नेतृत्वमा सरकारले मिटरब्याज पीडितलाई कसरी न्याय दिईयो, नागरिकता नपाएर विक्षिप्त भएकालाई नागरिकता दिलाउने काम गरियो, बैदेशिक रोजगारिमा रहेका मजदुरहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्व गर्ने निर्णय गरियो, देश भित्रै अनौपचारिक क्षेत्रमा रहेका ४० लाख युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्व गराइयो, उत्पादन र रोजगारीको लागि सरकारले विषम परिस्थितिमा पनि बजेट छुट्टयाइएको र १५ अरब रकम गाउँ पुर्याउन खोजिएको छ ।”

    उनले भ्रष्टाचारविरूद्वको अभियानलगायतका कामहरू हल्ला नगरी परिणाम देखिने गरि गरिएको बताउँदै जनतामा यसको बारेमा जानकारी दिन नपुगेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार