images
images

एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने, बोर्डसंग माग्यो अनुमति

एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने, बोर्डसंग माग्यो अनुमति

बिहिवार, कार्तिक १६ २०८०
बिहिवार, कार्तिक १६ २०८०
  • एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने, बोर्डसंग माग्यो अनुमति

    काठमाडौँ / लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । 

    कम्पनीले १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

    हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

    हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार