images
images

नेपाल एयरलाइन्स सुधार प्रतिवेदन कार्यान्वयन गर्न बन्यो सुझाव समिति

नेपाल एयरलाइन्स सुधार प्रतिवेदन कार्यान्वयन गर्न बन्यो सुझाव समिति

सोमवार, कार्तिक २० २०८०
सोमवार, कार्तिक २० २०८०
  • नेपाल एयरलाइन्स सुधार प्रतिवेदन कार्यान्वयन गर्न बन्यो सुझाव समिति

    काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)को सुधारका लागि तयार प्रतिवेदन कार्यान्वयन गर्न सुझाव समिति गठन गरेको छ । मन्त्रालयले निगमको संरचनागत र व्यवस्थापकीय व्यवस्थापन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने उद्देश्यका लागि सुझाव समिति गठन गरेको हो ।

    राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा तयार पारिएको प्रतिवेदन कार्यान्वयन गर्न निगमका पूर्वमहाप्रवन्धक कुलबहादुर लिम्बुको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । 

    समितिको सदस्यमा सञ्चारकर्मी टिकाराम राई, वायुसेवा निगमको सञ्चालक समितिमा मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिव र वायुसेवा निगमको प्रशासन महाशाखाका विभागीय प्रमुख रहेका छन् । दिपेन्द्र बहादुर क्षेत्री नेतृत्वको सुझाव समितिले ५ महिना लगाएर वायुसेवा निगम सुधारका लागि प्रतिवेदन तयार पारेको थियो ।

    प्रतिवेदनमा समितिले सोल्टी होटलको सेयर बेचेर जहाज खरिद गर्नेदेखि लिएर निगमको व्यवस्थापकीय, मानव संसाधनदेखि व्यवसायिकतामा व्यापक कमीकमजोरी औँल्याउँदै सुधारका लागि दर्जनौँ सुझाव दिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार