काठमाडौँ / काठमाडौँको न्यूनतम तापक्रम शुक्रबार घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ ।
बिहीबार न्यूनतम तापक्रम ८ डिग्री सेल्सिय मापन भएको थियो । बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस मापन भएको थियो ।
शुक्रबार पनि सोही हाराहारीमा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिनसम्म कुनै प्रणाली विकसित नहुने देखिएकाले काठमाडौँको तापक्रम विस्तारै उकालो लाग्न सक्ने छ ।
एक साताअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको थियो । त्यसपछि शनिबार ५.४, आइतबार १८.१, सोमबार ६.१, मंगलबार ६.३, बुधबार ८.५ र बिहीबार ८ डिग्री सेल्सियस मापन भएको थियो ।