काठमाडौँ / आज (मङ्गलबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा मङ्गलबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो । मूल्य घटेसँगै यसअघि प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँ पर्ने छापावाल सुनलाई आज १ लाख १५ हजार रुपैयाँ पर्ने भएको छ ।
त्यस्तै, यसअघि प्रतितोला १ लाख १४ हजार ८ सय ५० रुपैयाँ तोकिएको तेजावी सुनको भाउ आज १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा झरेको छ । यता, चाँदीको मूल्यसमेत प्रतितोला १० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय ५ रुपैयाँ पर्नेछ ।