images
images

सुनको भाउ प्रतितोला ३०० रुपैयाँ घट्यो, सस्तिदै चाँदी पनि

सुनको भाउ प्रतितोला ३०० रुपैयाँ घट्यो, सस्तिदै चाँदी पनि

बुधवार, कार्तिक २२ २०८०
बुधवार, कार्तिक २२ २०८०
  • सुनको भाउ प्रतितोला ३०० रुपैयाँ घट्यो, सस्तिदै चाँदी पनि

    काठमाडौँ / आज (बुधबार) पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले र चाँदी २० रुपैयाँले घटेको हो ।

    images
    images

    यसअघि प्रतितोला १ लाख १५ हजार रुपैयाँ तोकिएको छापावाल सुनको भाउ आज घटेर १ लाख १४ हजार ७ सय रुपैयाँ र तेजावी सुन १ लाख १४ हजार ४ सय ५० रुपैयाँ रहेकोमा १ लाख १४ हजार १ सय ५० रुपैयाँमा झरेको छ । 

    यता, चाँदी प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदी १ हजार ४ सय ५ रुपैयाँ प्रतितोला कारोबार भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार