images
images

हिमालयन बैंकको नाफा ९८.३५ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

हिमालयन बैंकको नाफा ९८.३५ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

बुधवार, कार्तिक २२ २०८०
बुधवार, कार्तिक २२ २०८०
  • हिमालयन बैंकको नाफा ९८.३५ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

    काठमाडौँ / हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा ५३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । गत बर्षको तुलनामा बैंकले यस बर्ष ९८.३५ प्रतिशतले नाफा रकम वृद्धि गरेको हो । 

    images
    images
    images
    images

    आर्थिक मन्दीका कारण अधिकांश बैंकको नाफामा दवाव पर्दा हिमालयन बैंकको खुद ब्याज आम्दानी वृद्धि हुँदा नाफामा उछाल आएको देखिन्छ । खुद ब्याज आम्दानीका साथै बैंकको सञ्चालन मुनाफा पनि बढेको छ । गत बर्ष असोज मसान्तसम्म १ अर्ब ८० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले समीक्षा अवधिमा भने सो रकम ७५.८६ प्रतिशतले वृद्धि गरी ३ अर्ब १७ करोड रुपैयाँ पुर्याएको हो।

    बैंकको सञ्चालन नाफासमेत ९१.०४ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा ७८ करोड ९४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यस बर्ष सो रकम वृद्धि गरी १ अर्ब ५० करोड रुपैयाँ पुर्याएको छ । 

    नाफा वृद्धि भए पनि खराब कर्जा वृद्धि हुँदा बैंकले इम्पेयरमेन्ट चार्ज बापतको रकममा केही वृद्धि गरेको छ । गत बर्ष ६५ करोड ८९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्याएको बैंकले चालु आवको पहिलो त्रैमासमा भने यो रकम वृद्धि गरी ७५ करोड ६६ लाख रुपैयाँ पुर्याएको हो । 

    बैंकको खराब कर्जा गत आवको असोज मसान्तसम्म २.३१ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा बढेर ४.६७ प्रतिशत पुगेको छ । हाल यस बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ, जगेडा कोषमा १७ अर्ब ७ करोड ७४ लाख रुपैयाँ रहेको छ । 

    हिमालयनको वितरणयोग्य नाफा भने १ अर्ब १६ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

    समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा कायम पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै, तरलता अनुपात २७ रुपैयाँ ३५ पैसा, कस्ट अफ फण्ड ८.७२ प्रतिशत र सिडी रेसियो ८४.३९ प्रतिशत रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार