images
images

हिमालयन बैंकद्वारा पश्चिम रुकुमका भूकम्प पीडितहरूका लागि २१ लाख बराबरको सहयोग

हिमालयन बैंकद्वारा पश्चिम रुकुमका भूकम्प पीडितहरूका लागि २१ लाख बराबरको सहयोग

बिहिवार, कार्तिक २३ २०८०
बिहिवार, कार्तिक २३ २०८०
  • हिमालयन बैंकद्वारा पश्चिम रुकुमका भूकम्प पीडितहरूका लागि २१ लाख बराबरको सहयोग

    काठमाडौँ / हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पिडितहरूका लागि २१ लाख रुपैयाँ बराबरको राहत सामाग्रीको खरिद गरी सहयोग प्रदान गरेको छ ।

    images
    images
    images
    images

    गत शुक्रबार २०८० साल कार्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकुमलाई निकै ठूलो जीउ-धनको क्षति पु-याएको हुँदा यस विपद्को समयमा त्यस क्षेत्रका बासिन्दाहरूलाई केही सहयोग वा राहत होस् भन्ने मनसायले बैंकले अत्यावश्यक खाद्यान्न जस्तै दाल, चामल, नून र तेल खरिद गरी जिल्ला प्रशासन कार्यालय जाजरकोट खलंगालाई कार्तिक २१ र जिल्ला प्रशासन कार्यालय, मुसिकोट, रुकुम पश्चिमलाई कार्तिक २२ गते हस्तान्तरण गरेको छ ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार