images
images

सुनको भाउ पुनः उकालो लाग्यो, आज एक तोलामै १ हजार महँगिदा कति पुग्यो ?

सुनको भाउ पुनः उकालो लाग्यो, आज एक तोलामै १ हजार महँगिदा कति पुग्यो ?

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • सुनको भाउ पुनः उकालो लाग्यो, आज एक तोलामै १ हजार महँगिदा कति पुग्यो ?

    काठमाडौँ / लगातार ४ दिन ओरालो लागेको सुनचाँदीको मूल्य आज धनतेरसको दिन भने प्रतितोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसअघि प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ बढेर आज १ लाख १४ हजार ७ सय रुपैयाँ पुगेको छ ।

    images
    images

    कार्तिक २० गतेदेखि घटेको सुनको भाउको घट्ने क्रममा ब्रेक लाग्दै आज सुनको भाउ पुनः बढेको हो । यसअघि प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँ पर्ने तेजावी सुनको भाउ बढेर आज १ लाख १४ हजार १ सय ५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउसमेत प्रतितोला २० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार