images
images

धितोपत्र बजार पुँजीकरण २८ खर्ब ६१ अर्ब माथि, बैंक वित्तीय र बीमा कम्पनीको हिस्सा कति ?

धितोपत्र बजार पुँजीकरण २८ खर्ब ६१ अर्ब माथि, बैंक वित्तीय र बीमा कम्पनीको हिस्सा कति ?

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • धितोपत्र बजार पुँजीकरण २८ खर्ब ६१ अर्ब माथि, बैंक वित्तीय र बीमा कम्पनीको हिस्सा कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को तीन महिनामा नेप्से सूचकाङ्क १८६४.६२ कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय तथ्याङ्क अनुसार गत असोज मसान्तसम्ममा १८५८.३३ रहेको नेप्से सूचकाङ्क २०८० असोज मसान्तसम्ममा १८६४.६२ कायम भएको हो । 

    images
    images

    यस्तै, असोज मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ६१ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ । गत आर्थिक बर्षको सोहि अवधीसम्ममा बजार पुँजीकरण २६ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो ।

    तीन महिनामा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६३ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ८७ जलविद्युत् कम्पनी, २० उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन्।  गत आर्थिक बर्षको साहि अवधीसम्ममा सूचीकृत कम्पनीहरूको संख्या २४२ रहेको थियो ।

    सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १२.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.९ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.१ प्रतिशत रहेको छ ।

    नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा असोज मसान्तसम्ममा सूचीकृत ७ अर्ब ८४ करोड रुपैयाँ शेयरको चुक्ता मूल्य ७ खर्ब ७२ अर्ब ९० करोड रुपैयाँ रहेको छ । यस्तै, तीन महिनामा ३२ अर्ब ३ करोड रुपैयाँ बराबरको साधारण शेयर, २ अर्ब ५४ करोड रुपैयाँ बराबरको बोनस शेयर र १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल ३५ अर्ब ७७ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

    समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब २० करोड रुपैयाँ बराबरको डिबेन्चर,२ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, २ अर्ब ३३ करोड रुपैयाँ बराबरको साधारण शेयर र १ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।  यस अवधिमा मार्जिन प्रकृतिको कर्जा ६.२ प्रतिशतले बढेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार