काठमाडौँ / सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ ५ सय रुपैयाँले घटेको हो ।
यसअघि छापावाल सुनको भाउ प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख १३ हजार २ सय रुपैयाँमा झरेको छ । त्यस्तै, यसअघि प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँ पर्ने तेजावी सुनको भाउ आज घटेर प्रतितोला १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
यता, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ पर्ने चाँदीको मूल्य घटेर आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार हुनेछ ।