images
images

हालसम्म पाँच लघुवित्तले घोषणा गरे लाभांश, कुन कम्पनीको कति ?

हालसम्म पाँच लघुवित्तले घोषणा गरे लाभांश, कुन कम्पनीको कति ?

बुधवार, कार्तिक २९ २०८०
बुधवार, कार्तिक २९ २०८०
  • images
    images
    हालसम्म पाँच लघुवित्तले घोषणा गरे लाभांश, कुन कम्पनीको कति ?

    काठमाडौँ / आर्थिक वर्ष २०७९/८० को लागि हालसम्म ५ वटा लघुवित्त वित्तीय संस्थाले मात्रै लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५५ लघुवित्त संस्थामध्ये ५ लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् । 

    images
    images

    यी लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । नयाँ आर्थिक वर्ष शुरु भएको ४ महिना बित्न लागिसक्दा पनि ५ लघुवित्तले मात्रै लाभांश घोषणा गरेका छन् । 

    हालसम्म यूनिक नेपाल लघुवित्त, स्वाबलम्बन लघुवित्त, एनआइसी एशिया लघुवित्त, सपोर्ट लघुवित्त र आरएसडिसी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

    यी कम्पनीहरुमध्ये सबैभन्दा बढी लाभांश युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    त्यस्तै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश गरी कुल १३.०१०४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष को नाफाबाट हाल कायम चुक्ता पूँजी ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई नगद लाभांशमात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ ।

    सपोर्ट लघुवित्तले कम्पनीकोे कार्तिक २१ गते मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनलिाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.६८२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीक चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रहेको छ ।

    यी ५ लघुवित्त वित्तीय संस्थामध्ये आरएसडिसी लघुवित्तले बुक क्लोज मिति तय गरी साधारण सभा समेत बोलाईसकेको छ । कम्पनीले मंसिर ७ गते बुक क्लोज गर्ने भएको हुँदा मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । बाँकी चार कम्पनीले भने बुक क्लोज मिति तय गरेका छैनन् ।

    यी कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीहरुको आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरूले प्राप्त गर्ने छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार