images
images

नेपालको पहिलो बैङ्क नेपाल बैङ्क ८७ औँ बर्षमा प्रबेश : यस्तो छ बैङ्कको इतिहास र वर्तमान अवस्था

नेपालको पहिलो बैङ्क नेपाल बैङ्क ८७ औँ बर्षमा प्रबेश : यस्तो छ बैङ्कको इतिहास र वर्तमान अवस्था

बिहिवार, कार्तिक ३० २०८०
बिहिवार, कार्तिक ३० २०८०
  • नेपालको पहिलो बैङ्क नेपाल बैङ्क ८७ औँ बर्षमा प्रबेश : यस्तो छ बैङ्कको इतिहास र वर्तमान अवस्था

    काठमाडौँ / नेपाल बैङ्क लिमिटेडले आफ्नोे ८६ औं वर्षको कार्यकाल पूरा गरी ८७औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैङ्कको प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा १५० जना रक्तदाताले भाग लिएका थिए । 

    images
    images
    images
    images

    बार्षिकोत्सवको अवसरमा एक विज्ञप्ति जारी गर्दै बैङ्कले नेपालको पहिलो बैङ्कलाई आधुनिक, सफल र नेतृत्वदायी बैङ्कको रूपमा यस अवस्थासम्म पुर्याउन साथ, सहयोग, समन्वय गर्ने सम्पूर्ण महानुभावहरूलाई हार्दिक कृतज्ञता ज्ञापन गरेको छ । 

    नेपाल बैङ्कको इतिहास 

    नेपालमा बैङ्किङ्ग प्रणालीको शुरुवात र विकासको हिसावले यो बैङ्क आजको बैकिङ्ग क्षेत्रमा आएको क्रान्तिको जग हो । भारतीय रुपैयाँको दबदवा रहेको समयमा आफ्नै देशको मुद्राप्रचलनमा ल्याउन नेपाल बैङ्कले खेलेको भूमिका इतिहासका स्वर्णीम पानाहरूमा सदा लेखिइरहने छ ।

    वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भएको यस बैङ्कको उद्घाटन तत्कालिन राजा त्रिभुवन विर विक्रमशाहले गरेका हुन् ।  सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जनालगानीकर्ताहरुले सुरु गरेको यस बैंकको चुक्ता पूँजी ८ लाख ४२ हजार र निक्षेप १७लाखथियो भने लगानी १९ लाख थियो ।

    आजको दिनसम्म अनवरत विश्वासको ८७औँ वर्षसम्म अटुट रूपमा बैङ्किङ्ग सेवा प्रदान गर्न सफलनेपाल बैंक लिमिटेडको लामो गौरवमय इतिहास रहेको छ ।

    शताब्दीको हाराहारी अनुभव बटुलेको यस ऐतिहासिक बैङ्किङ्ग धरोहरले नेपाली मुद्रा र नेपाली नोट प्रचलनमा सहजता ल्याई राष्ट्रिय पहिचान र राष्ट्रिय एकताको प्रबद्र्धन गर्दै राष्ट्र निर्माणमा पु¥याएको योगदान विशेष रहेको छ । 

    नेपाल बैंकले आफनो स्थापनाकालदेखि राष्ट्र बैङ्क स्थापना हुनुपूर्व वि.सं २०१२ सम्म देशको केन्द्रिय बैङ्कको रूपमा समेत कार्य गरी नेपालको बैङ्किङ्ग क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गरिसकेको छ । 

    सो पश्चात बाणिज्य बैङ्कको रूपमा देशको विभिन्न कालखण्डमा विषम परिस्थितिका बावजुद ग्राहकवर्गको असिम विश्वास र भरोसालाई अक्षुण राख्दै अगाडि बढेको छ ।
     
    बैङ्कको भूमिका

    नेपाल बैङ्क नेपाली माटो र हरेक नेपालीजनसँग प्रगाढ सम्बन्ध गासिएको बैंक हो । बालक, युवा, प्रौढ हुँदै जेष्ठ नागरिक सबैको रोजाइको बैंक बन्न सफल बनेको छ ।

    सरकारी स्वामित्व रहेको कारणले पनि नाफा मात्र नभई उच्च सेवा भाव यस बैङ्कको मुख्य ध्येय हो ।  ठूला उद्यमी व्यवसायीदेखि न्यून आर्थिक स्तर भएका नेपालीजन सधैँ यस बैङ्कको प्राथमिकतामा रहेका छन् ।

    गाउँशहर, हिमाल, पहाड र तराई सबै क्षेत्रमा बसोबास गर्ने जनताको सेवामाअनवरत ८७औँ वर्षको सेवा प्रवाहमा नेपाल सरकारको नीति तथा कार्यक्रम हासिल गर्न टेवा दिदै, औद्योगिकीकरण एवम् समृद्धिको लागि अहम् भूमिका खेलेको छ । यस बैङ्कले समय सापेक्ष कर्मचारी क्षमतामा अभिवृद्धि गर्दै उत्कृष्ट प्रविधिमार्फत ग्राहक सेवामा व्यापक सुधार गरेको छ । 

    बढ्दो प्रतिष्पर्धात्मक बैङ्किङ्ग व्यवसायमा यस बैङ्कले एक उत्कृष्ट बैङ्कको स्थान कायम राख्ने दिर्घकालीन रणनीतिका साथ अगाडि बढिरहेको छ । विगत लामो समयदेखि यस बैङ्कले उच्च नाफा आर्जन गरी शेयरधनीहरूलाई आकर्षक प्रतिफल दिँदै आएको छ ।

    प्रविधिले ठुलो फड्को मारेको हालको विश्व वित्तीय बजारमा समयानुकुल नेपाल बैङ्क लिमिटेडले अन्तर्राष्ट्रिय असल अभ्याससहितको प्रविधिमैत्री बैङ्किङ्गलाई आत्मसात गरी जनतालाई अझ सरल तथा सहज वित्तीय सेवा प्रदान गर्दै व्यापार, उद्योग व्यवसायको प्रवद्र्धन मार्फत समग्र आर्थिक विकास तथा रोजगारी सिर्जनामा अझ शसक्त भूमिका खेलेको छ । 

    नेपालमा बैङ्किङ्ग साक्षरताको माध्यमबाट देशको कुनाकाप्चासम्म पुगेर बचत गर्ने संस्कृतिको विकास एवम् अनौपचारिक क्षेत्रबाट मात्र भइरहेको आर्थिक कारोवारलाई बैङ्किङ्ग प्रणालीमार्फत व्यवस्थित गरी देशको आर्थिक विकासलाई प्रवद्र्धन गर्न यो बैङ्कको अग्रणी भूमिका रहेको छ ।

    मुलुकको आर्थिक समृद्धिको खातीर सहरी इलाकादेखि दूरदराजका गाउँ वस्तीसम्म शाखाकार्यालयहरू विस्तार गरि यस बैङ्कले आफूलाई समर्पित गरिरहेको छ ।

    बङ्ैकिङ्ग सेवासँगै सरकार र समुदायसँग रहेर कार्य गर्ने सोच अनुरुप बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका थुप्रै समाज सेवाका कार्यहरूमा निरन्तर साथ दिइरहेको छ । प्राकृतिक प्रकोप, माहामारी लगायतका संकटहरुमा अग्रपङ्तीमा रहि बैंकले अतुलनीयभूमिकानिर्वाह गरिरहेको छ ।

    त्यसैगरी, वित्तीय पहुँचको विस्तार एवं वित्तीय समावेशीकरण मार्फत आर्थिक समृद्धिको आधारशीला निर्माणमा टेवा पु¥याउन देशव्यापी रूपमा वित्तीय ज्ञान एवम् चेतना प्रदान गर्दै विभिन्न साक्षरता कार्यक्रमहरू सञ्चाल नगर्दै आईरहेको छ ।

    देशमा उद्योग धन्दा तथा कलकारखाना स्थापनाको लागि सारथी बन्दै प्रत्यक्ष÷परोक्ष रोजगारी सिर्जना गर्दै आर्थिक समृद्धिमा सहयोग पुर्याउन यस बैङ्कको ८६ औ वर्ष देखिको भूमिका अत्यन्तै अतुलनिय रहेको छ । 

    वर्तमान अवस्था

    हाल ७१ जिल्लामा शाखा सन्जाल विस्तार गरी बाह्य श्रोत समेत करीव ३६०० कर्मचारी मार्फत आधुनिक बैङ्किङ्ग सेवा विस्तारमा आक्रामक ढङ्गले प्रस्तुत भएको बैङ्कले २२८ शाखामार्फत कारोबार, २०४ वटा एटीएम तथा ५८ वटा एक्सटेन्सन काउण्टरमार्फत देशैभर आफ्नो गतिलो उपस्थिति जनाएको छ । 

    बैङ्कले आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिन पनि सफल भएको छ । बैङ्कका सबै वित्तीय सूचकहरू स्वस्थ र सन्तुलित देखिन्छन् । हरेक वर्ष ती सूचकहरूमा उल्लेख्य प्रगति भइरहेको छ । 

    ८७ बर्ष अघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैङ्कको चुक्ता पुँजी अहिले १४ अर्ब ६९ करोड छ । वि.सं. २०८० आषाढ मसान्तसम्म २ खर्ब ४४ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब ८४ अर्ब कर्जा प्रदान गर्न बैङ्क सफल भएको छ ।

    प्रत्येक बर्ष सञ्चालनमुनाफा बढिरहेको छ । बैङ्कको जगेडा कोषमा २१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने पूँजी पर्याप्तता अनुपात १४ दशमलव ४९ प्रतिशत र ३६ अर्ब ५८ करोड भन्दा बढी नेटवर्थ रहेको छ ।

    प्रशस्त अचल सम्पत्ति, निक्षेप, आधारदरको न्यूनता, स्प्रेड दर व्यवस्थापन, व्याजदरको कमउतार÷चढाव, खराब कर्जा व्यवस्थापन लगायतका सूचकहरूमा समेत बैङ्क दरिलो देखिन्छ ।

    बैङ्कले विगत आ.व. २०७६÷७७ देखि आफ्ना शेयरधनीहरूलाई नियमित रूपमा वोनस शेयर तथा नगद लाभांश प्रदान गर्दै आईरहेको छ ।

    निक्षेप, कर्जा, तरलता तथा पूँजीपर्याप्तता लगायत बैङ्कका अधिकांश परिसूचकहरू सबल रहेका छन् । बैङ्कको आधारदर प्रतिष्पर्धी रहेको छ । अधिकांश कारोबारहरू डिजिटल माध्यममार्फत सञ्चालन भइरहेको छ । 

    ग्राहक सेवाको गुणस्तरमा कही सम्झौता नगर्ने बैङ्कप्रति आमजनताकोे आकर्षण बद्दै गईरहेको छ । यी सबै अवस्था र परिसूचकहरु विश्लेषण गर्दा नेपाल बैङ्क एक अब्बल, सक्षम र नेतृत्वदायी बैङ्कको रूपमा स्थापित भएको छ ।

    यस बैङ्कले ऐतिहासिक विरासतका साथ आधुनिक प्रविधिलाई अंगिकार गरि डिजिटल बैङ्किङ्ग सुविधाहरूको विकास र विस्तार गर्दै सेवाग्राहीहरूको अपेक्षाअनुरुप बैङ्कलाई गतिशील, सहज, आधुनिक, प्रविधिमैत्रि र प्रतिस्पर्धी बनाएको छ ।

    सरकारको नीतिअनुरुप कृषि, पर्यटन, जलविद्युतलगायतका क्षेत्रमा प्राथमिकताका साथ बैङ्कले उल्लेख्य लगानी गरेको छ । परम्परागत बैङ्किङ्गबाट फड्को मार्दै नेपाल बैङ्कले आधुनिक बैङ्किङ्ग प्रणालीको पर्याय बनेको छ ।

    यसका साथै सुरक्षित निक्षेप, सुलभ र सहजकर्जा, भरपर्दो रेमिट्यान्स, छिटो छरितो र सुरक्षितप्रतितपत्र, बैंक जमानत लगायत ट्रेड फाइनान्सका थुप्रै सुविधाहरू बैङ्कले उपलब्ध गराउँदै आईरहेको छ । जसले गर्दा ग्राहकको बैङ्कप्रतिको विश्वासलाई अझ मजबुत तथा प्रगाढ बनाएको छ ।

    आधुनिक प्रविधिसँगै साक्षात्कार गर्ने युवा पुस्ताको बाहुल्यता रहेको यस बैङ्कमा सक्षम सञ्चालक, अनुभवि कुशल व्यवस्थापक तथा ज्ञान र प्राविधिक निपूणताले भरिएका जनशक्तिकै कारण आमनागरिकबीच नेपाल बैङ्क सदैव लोकप्रिय र विश्वसनीय छ । स्थापनाको ८७ वर्षे दौरानमा ग्राहकहरूको अपार माया र सद्भावका कारण अनेक आरोह÷अवरोह पार गर्न सफल रहको बैङ्कले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार