सम्पत्ति शुद्धिकरण तथा छानबिनको प्रकृया रवि लामिछानेमाथि भयो, तर, अब प्रधानमन्त्री केपी ओलीदेखि विभिन्न नता तथा कार्यक्रर्ता लगायत कर्मचारीहरूमा पनि हुनुपर्ने आवाज उठेको छ ।
सिंहदरबारको नाममा गाउँ–गाउँमा सिंहमात्रै गए, नागरिकलाई खाने अवस्था रहेको बताउँदै भ्रष्टचारले मुलुक खर्लप्पै पारेको विज्ञहरूले बताएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा.सुरेन्द झाले सरकारले न्यूनतम् काम पनि गर्न नसकेको टिप्पणी गरेका छन् ।
केही व्यक्तिलाई थुनामा राखेर सहकारी पीडतले न्याय नपाउने बताउँदै को मान्छे जेल गयो भन्ने कु्रामा भन्दा पनि आम जनताले बचत फिर्ता पाएकी पाएनन् भन्ने कुरा महत्व रहेको उनले बताए । यस्तैगरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेताहरू र कर्मचारीहरूको घरमा छापा मारिनु पर्ने बताएका छन् । भ्रष्ट नेताहरू र कर्मचारीहरूले घरको पानी ट्याङ्की र जमिनमुनि पैसा गाडेर राखेको दाबी गरे । छापा मारेर उनीहरूको सम्पत्ति जफत गरिनुपर्ने उनको भनाइ छ । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले सरकारले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् ।
लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको कुरामा आफू क्लियर रहेको बताए । लामिछाने दुधले नुहाएको मान्छे होईनन् भन्ने कुरामा पनि प्रष्ट पारे ।
आज राजधानीमा भएको कार्यक्रममा कसले के भने ?
लोसपा महासचिव डा. सुरेन्द्र झा
सिंहदरबारको नाममा गाउँ–गाउँमा सिंहमात्रै गए, नागरिकलाई खाने अवस्था छः
सरकारले न्यूनतम् काम पनि गर्न सकेन । नागरिकका न्यूनतम् आवश्यकताहरू खानेपानी, स्वास्थ्य सेवालगायतको क्षेत्रमा सरकारले गरेन ।
जनताले पानी किनेर खानुपर्ने अवस्था छ । नागरिकलाई अस्पतालमा बेड दिन सकिराखेका छैनौं । स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउन सकिएको छैन ।
स्थानीय सरकारले पनि प्रभावकारी काम गर्न सकेन । जनताको नजिकको सरकार भएपनि डेलिभरी दिन नसकेको सत्य हो । गाउँ–गाउँमा सिंहदरबारको नाममा सिंहमात्रै पुगेको छ । जनता जोखिममा छ । नागरिकलाई खाने अवस्थामा छ ।
संविधान संशोधनको एजेण्डामा आफूहरू अग्रगामी संशोधनको पक्षमा छौं । संविधानमा के लेखिएको छ भन्दा पनि अहिले काम गर्ने शैली र राजनीतिक नेतृत्वको नियतमा समस्या देखिएको छ ।
संविधान संशोधनको एजेण्डामा हामी प्रतिगमनतिर जाने कुरा हुँदैन । यहाँ संविधानको के लेखिएको छ, के लेखिएको छैन भन्दापनि काम गर्ने शैलीमा समस्या छ ।
केही व्यक्तिलाई थुनामा राखेर सहकारी पीडतले न्याय पाउँदैन । को मान्छे जेल गयो भन्ने कु्रामा भन्दापनि आम जनताले बचत फिर्ता पाएकी पाएनन् भन्ने कुरा महत्व छ । सहकारी ठगीमा मुछिएका सबैमाथि अनुसन्धान हुनुपर्नेछ । दल र अनुहार हेरेर कसैलाई उन्मुक्ति दिन हुँदैन ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी
नेता–कर्मचारीहरूले पैसा पानी ट्याङ्की र जमिनमुनि राखेका छन्, घरमा छापा मारिनुपर्छ ।
नेताहरू र कर्मचारीहरूको घरमा छापा मारिनुपर्ने भएको छ । भ्रष्ट नेताहरू र कर्मचारीहरूले घरको पानी ट्याङ्की र जमिनमुनि पैसा गाडेर राखेको छ । घरमा छापा मारेर उनीहरूको सम्पत्ति जफत नगरेसम्म देश बन्दैन । भ्रष्टाचार गरेर कमाएका नेता र कर्मचारीहरूको सम्पत्ति जफत गरिएको खण्डमा नेपालले विदेशीबाट आर्थिक सहायता नै लिन पर्दैन ।
जति पनि नेताहरू छन्, कर्मचारीहरू छन्, सबैको सम्पत्ति छानविन हुनुपर्छ ।
सम्पत्ति शुद्धिकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनु स्वागतयोग्य छ । अब अरू नेताहरूको पनि सम्पत्ति छानविन हुनुपर्दछ ।
अहिले पनि लामिछानतेलाई भगवान ठान्ने र सहकारी ठगीमा निर्दोष देख्नेहरूमा बौद्धिक क्षमताको अभाव रहेको छ । लामिछानेले सहकारीमा मात्रै नभएर कालिकोटको रास्कोट अस्पताल निर्माण गर्दासमेत आर्थिक अपचलन गरेको हुनसक्ने उनको आशंका छ । लामिछानेले सो अस्पताल निर्माणका लागि देश विदेशबाट आएको चन्दा श्रीमती निकिता पौडेल, ससुरा उद्धव पौडेल र पार्टी महामन्त्रीको खातामा ट्रान्सफर गरेको दाबी गर्दछु ।
लामिछानेले गरिब, आवाजविहीन र निमुखाहरूको पैसामा रजगज गरेको छ । अब धनराज गुरूङ र ऋषिकेश पोखरेल पनि छानविनको दायरामा आउनुपर्दछ ।
अहिले हतारमा सहकारीसम्बन्धी अध्यादेश ल्याएको छ । तर, अध्यादेशमा पीडितले पैसा फिर्ता पाउने कुनै सुनिश्चितता छैन ।
त्यस्तै, अब प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडिया काण्ड पनि छानविनको दायरामा आउनुपर्यो । उक्त पैसाको कहीँ न कहीँ खोजविन हुनैपर्छ ।
आज केपी ओलीजीको बारेमा जुन आयो, अर्बौं रूपैयाँको कुरा । त्यो चाहीँ टेलिकम कम्बोडियाको हो कि कहाँको हो त ? तर, कहीँ न कहीँ पैसा चाहीँ अपचलन भएको छ ।
हाम्रो देशमा डिलरहरू मात्रै छन्, लिडर छैनन् । पैसाको सेटिङ मिलाउने, कामको सेटिङ मिलाउने डिलरहरू मात्रै भए, लिडर भएनन् । तथाकथित लिडर भनिएको व्यक्तिहरू छन्, यिनीहरू डिलर हुन् । यिनीहरूसँग राष्ट्र निर्माणको कुनै एजेण्डा छैन । सामाजिक रूपान्तरणको कुनै भिजन छैन । कुनै एजेण्डा छैन । सुशासनको कुनै एजेण्डा छैन । अहिले स्टेट नै हाइज्याक भएको छ,’– उनले भने ।
राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसी
लामिछानेप्रति सरकारले प्रतिशोध साँधेको प्रष्ट छ
रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको छ । प्रतिशोध साँधेको कुरामा आफू क्लियर छु । तर, लामिछाने दुधले नुहाएको मान्छे भने होईनन् ।
जे गरेपनि हुन्छ भन्ने अभ्यास गर्ने पछिल्लो प्रवृत्ति चाहीँ रवि लामिछाने हो । रवि लामिछानेमाथि प्रतिशोध भएको हो भन्ने कुरामा क्लिएर छु ।
सरकारमा रहेका मन्त्रीहरूलाई पोलिटिकल टर्मिनोलोजी नै थाहा छैन । अर्थमन्त्री ८ क्लास पढेको लठुवा र परराष्ट्रमन्त्री मनोविद्लाई बनाइएको छ कसरी मुलुक बन्छ । अनि नरेन्द्र मोदीले प्रधानमन्त्रीलाई निम्तो दिएनन् भनेर यहाँ छाती पिट्ने ? । कसरी हुन्छ त ? पोलिटिकल टर्मिनोलोजी नै थाहा छैन ।’
हरेक राजनीतिक दलहरूभित्र राजनीतिक कमैयाहरू छन् । तिनीहरू नै अहिलेको समस्याको रूपमा छन् ।
आज सेना, कर्मचारी र राजनीतिक वृत्तमा पनि भ्रष्टाचारको कुरा उठिरहेको छ । भ्रष्टाचारको विरूद्धमा बोल्दा कालो पट्टी बाँधेर जेल कोचिदिन सक्ने अहिलेको खतरा छ । नेताहरूलाई भ्रष्टाचार गर्न सिकाउने र पुँजी पलायन गर्न सिकाउने तत्व कर्मचारी नै हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई जहाँ जाँदा पनि जनताले कालो झण्डा देखाइरहेको, गाली गरिरहेको र दुत्कारी रहेको छ । ओलीलाई आफूले यो कार्यकाल विदेश भ्रमण नै नगर्नुुस् भनेर सुझाव दिएपनि उनले त्यसैलाई आफ्नो एजेण्डा बनाए ।
विदेश नीति, सामाजिक सद्भाव, धर्म, वित्तीय प्रशासन र विकास निर्माणको मामलामा राजनीति गर्न नपाइने तर, यहाँ राजनीति भइरहेको छ ।
सबै नेताहरूको सम्पत्ति छानविन हुनलाई आफू नै प्रधानमन्त्री बन्नुपर्ने भयो । नत्र हुँदैन । सबै नेताको सम्पत्ति छानविन हुनुपर्ने माग नेपाली जनताको माग हो ।