images
images

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय बागमति प्रदेशमा, अन्य कुन प्रदेशमा कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय बागमति प्रदेशमा, अन्य कुन प्रदेशमा कति ?

शुक्रवार, मंसिर १ २०८०
शुक्रवार, मंसिर १ २०८०
  • निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय बागमति प्रदेशमा, अन्य कुन प्रदेशमा कति ?

    काठमाडौँ / निर्जीवन बीमा व्यवसायमा बागमती प्रदेशको योगदान बढी देखिएको छ । अन्य प्रदेशको तुलनामा सुगम मानिने बागमती प्रदेशमा बीमा व्यवसायको आधाभन्दा बढी हिस्सा केन्द्रीत भएको हो ।

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जसमा बागमती प्रदेशबाट मात्रै ७ अर्ब ५ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन् । 

    प्राधिकरणले बीमाको दाय अन्य प्रदेश तथा जिल्लाहरुमा समेत बढाउन विभिन्न जिल्ला तथा स्थानीय तहहरुमा बीमा सचेतना तथा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमहरु गर्दै आइरहेको छ । 

    तर, तथ्याङ्क अनुसार भने निर्जीवन बीमा कम्पनीको व्यवसाय केवल बागमती प्रदेशमा नै निर्भर रहेको देखिन्छ । यसले अन्य तहहरुमा निर्जीवन बीमाको पहुँच अझै पुग्न नसकेको देखाएको छ ।

    बागमती प्रदेशबाट मात्रै ७ अर्ब रुपैयाँभन्दा बढी व्यवसाय भित्रिंंदा सोही प्रदेशमा बीमालेखको संख्या कुल ३ लाख २६ हजार ७२ रहेको छ । त्यस्तै, दोस्रोमा लुम्बिनी प्रदेशबाट ९२ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । लुम्बिनी प्रदेशमा कुल बीमालेख संख्या १ लाख ५ हजार ६०९ रहेको छ । 

    यस्तै, कोशी प्रदेशबाट ८७ करोड ७४ लाख रुपैयाँ प्रिमियम कलेक्सन भएको छ भने उक्त प्रदेशमा बीमालेखको संख्या ८१ हजार ८७७ रहेको छ । यता, मधेश प्रदेशबाट ६८ करोड ६३ लाख रुपैयाँ प्रिमियम कलेक्सन भएको छ भने उक्त प्रदेशमा कुल निर्जीवन बीमालेख संख्या ५८ हजार ४२४ रहेको छ । 

    त्यसैगरी, गण्डकी प्रदेशबाट ५६ करोड ७१ लाख रुपैयाँ प्रिमियम कलेक्सन हुँदा उक्त प्रदेशमा बीमालेख संख्या ६७ हजार ८४२ रहेको छ । साथै सुदूरपश्चिम प्रदेशबाट २५ करोड रुपैयाँ प्रिमियम कलेक्सन हुँदा उक्त प्रदेशमा बीमालेख संख्या ३६ हजार ८०३ रहेको छ । 

    त्यस्तै सबैभन्दा कम कर्णाली प्रदेशबाट जम्मा ९ करोड ४२ लाख रुपैयाँ प्रिमियम कलेक्सन भएको छ । उक्त प्रदेशमा कुल बीमालेख संख्या १० हजार ८०९ मात्रै रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार