images
images

तीन महिनामा बीमा प्राधिकरणमा ६७ वटा मुद्धा दर्ता

तीन महिनामा बीमा प्राधिकरणमा ६७ वटा मुद्धा दर्ता

बिहिवार, मंसिर ७ २०८०
बिहिवार, मंसिर ७ २०८०
  • तीन महिनामा बीमा प्राधिकरणमा ६७ वटा मुद्धा दर्ता

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमास (साउन, भदौ र असोज) सम्ममा नेपाल बीमा प्राधिकरणमा ६७ वटा मुद्धा दर्ता भएको छ । 

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा प्राधिकरणमा ६७ वटा मुद्दा दर्ता भएको हो । प्राधिकरणका अनुसार साउन र भदौ महिनामा ४२ वटा र असोज महिनामा २५ गरी प्रथम त्रैमाससम्म कुल ६७ वटा मुद्दाहरु थपिएका हुन् । 

    प्राधिकरणमा पहिलो त्रैमासको अन्त्यसम्मा अझै २०६ वटा मुद्धा फर्स्योट हुन बाँकी रहेको छ । पुराना वर्षका मुद्दाहरुको फैसला हुन नसकिदै फेरि तीन महिनामै ६७ वटा उजुरी पर्दा प्राधिकरणलाई चूनौती थपिएको छ । 

    प्राधिकरणले सो अवधिमा ५२ वटा मुद्दाको भने फर्स्यौट गरेको छ । जसमध्ये ४२ वटा इजलासबाट र बाँकी १० वटा सहमतिबाट टुंगिएको प्राधिकरणले बताएको छ । प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म मात्रै १९२ वटा मुद्दाको फैसला हुन बाँकी थियो ।  जुन चालु आर्थिक वर्षलाई सारिएको छ । 

    त्यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा १०१ वटा मुद्धा अर्को टुगिंन बाँकी थियो भने २०७६/७७ मा १३५ र २०७७/७८ मा १८३ वटा मुद्धा बाँकी रहेर अर्को वर्षका लागि सारिएको थियो । यसैगरी, २०७८/७९ मा १८६ वटा मुद्धा फर्च्यौट हुन बाँकी रहेको थियो ।

    प्राधिकरणमा मुद्धाको संख्या हरेक वर्ष बढ्ने क्रममा रहेको छ । पर्याप्त जनशक्ति अभावले मुद्धा टुग्यांउन ढिलाई हुने गरेको कर्मचारी बताउछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार