images
images

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा बर्षा र हिमपातको सम्भावना

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा बर्षा र हिमपातको सम्भावना

शनिवार, मंसिर ९ २०८०
शनिवार, मंसिर ९ २०८०
  • आगामी तीन दिनको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा बर्षा र हिमपातको सम्भावना

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

    images
    images

    आज शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली र तराई भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा  सामान्य बदली रही बाँकी भभागमा आंशिक बदली  रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हिमपात हुने सम्भावना रहेको छ।

    देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार