चीनले रेल सेवामा आश्चर्यजनक विकास गरेको छ । पछिल्लो समय चीनले दु्रतगतिको रेलसेवादेखि भारी बजन बहन गर्न सक्ने रेलवेहरु निर्माण गरिरहेको छ । यो हवाई तस्बिरले दक्षिणपश्चिम चीनको युनान प्रान्तको लिजियाङ सहरको लिजियाङ र साङ्ग्रीला रेलवेको खण्ड हो ।
त्यहाँको मिडिया एजेन्सी सिन्ह्वाका अनुसार दक्षिणपश्चिम चीनको युनान प्रान्तको लिजियाङ र साङ्ग्रिलालाई जोड्ने लिजियाङ–साङ्ग्रिला रेलमार्ग आइतबारदेखि यातायातका लागि खुला गरिएको छ ।
यो १३९ किलोमिटर रेलवे पार गर्न त्यहाँको ट्रेनलाई जम्मा १ घण्टा १८ मिनेट लाग्दछ । यसले त्यहाँको दु्रत गतिमा विकास गरेको दुई शहरहरुलाई जोड्दछ । सबै भन्दा छिटो यात्रा गर्न यस रेलवेको विकास गरिएको अधिकारीहरुले जनाएको छ । रेलवेले दिकिङ तिब्बती स्वायत्त प्रान्तको शाङ्ग्रिलालाई पनि प्रान्तीय राजधानी कुनमिङसँग जोड्छ।