images
images

बहुवर्षीय ठेक्काका लागि ६८ आयोजना छनोट, सम्पन्न हुन नसक्ने योजनाको ठेक्का तोडिने

बहुवर्षीय ठेक्काका लागि ६८ आयोजना छनोट, सम्पन्न हुन नसक्ने योजनाको ठेक्का तोडिने

सोमवार, मंसिर ११ २०८०
सोमवार, मंसिर ११ २०८०
  • बहुवर्षीय ठेक्काका लागि ६८ आयोजना छनोट, सम्पन्न हुन नसक्ने योजनाको ठेक्का तोडिने

    म्याग्दी / गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ मा बहुवर्षीय ठेक्का लगाउन ६८ योजना छनोट गरेको छ । 

    images
    images

    म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा रहेको जगन्नाथ मन्दिरको आइतबार भएको उद्घाटन कार्यक्रममा मन्त्री जुग्जालीले सडकका ३५ र सडक पुलका ३३ वटा योजनालाई बहुवर्षीय ठेक्का लगाउन सिफारिस गरिएको जानकारी दिए ।

    “२०७४/७५ मा ठेक्का लागेका अधिकांश योजना यही वर्ष सकिँदैछन् । सम्पन्न हुन नसक्ने योजनाको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका छौँ”, उनले भने, “यस वर्ष सडक र सडक पुलका ६८ वटा नयाँ योजनाको बहुवर्षीय ठेक्का लगाउन मन्त्रालयले निर्णय गरिसकेको छ ।”

    मन्त्री जुग्जालीले चालु आवमा प्रत्येक निर्वाचन क्षेत्रमा रु पाँच/पाँच करोड बराबरको सडक आयोजनाको पनि बहुवर्षीय ठेक्का लगाउने तयारी गरेको जानकारी दिए । 

    चालु आवमा विनियोजन भएको बजेटलाई कुल अनुमानित लागतको २० प्रतिशत मानेर स्रोत सुनिश्चिततन र बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयनको तयारी गरेको मन्त्री जुग्जालीले जानकारी दिए । 

    म्याग्दीमा रु पाँच करोड बजेट विनियोजन भएको दरवाङ–मुना–ढोरपाटन सडकलाई रु २५ करोड, रु चार/चार करोड बजेट रहेको दरवाङ–बिम–दिच्याम र बेनी–तोरीपानी हुँदै पाखापानी सडकलाई रु २०/२० करोडको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वानको तयारी भएको छ । 

    रु दुई/दुई करोड बजेट रहेको दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तिवाङ, हाँडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोलेमुसुङ–बाग्लुङ र पखेर–बरंजा सडकका लागि पनि रु १०/१० करोड बजेटको स्रोत सुनिश्चितता भएको मन्त्री जुग्जालीले बताए । 

    म्याग्दीका छ वटा स्थानीय तहको ४५ मध्ये धवलागिरि गाउँपालिकाको वडा नम्बर १ मा पर्ने गुर्जा मात्र सडक सञ्जालमा जोडिएको छैन । गुर्जालाई सडक सञ्जालमा जोड्न प्रदेश, सङ्घीय सरकार र गाउँपालिकाले रु दुई/दुई करोड बजेट विनियोजन गरेका छन् । 

    म्याग्दीको धवलागिरि गाउँपालिका–२ स्थित दरखोला र मालिका गाउँपालिका–७ को शिवरात्री खोलामा मोटरेबल पुलको योजना बुहवर्षीय ठेक्का लगाउन छनौट भएको मन्त्री जुग्जालीले बताए । 

    मालिका गाउँपालिका–३ र ४ को सिमाना अदिभारा र बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिकाको वडा नम्बर ३ अर्चेखोलामा मोटरेबल पुल निर्माणको ठेक्का सम्झौता भइसकेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार