काठमाडौँ / कुमारी बैंक लिमिटेडले बेलबारी नगरपालिका, मोरङसँगको समन्वयमा बेलबारीका उद्यमीहरूको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम सपन्न गरेको छ ।
युएसएआइडीसँगको साझेदारीमा ‘देशैभरी बर्षैभरी’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको बैंकले बेलबारीका उद्यमीहरूको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
ंवित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरूपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमुलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरि नियमितरूपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरूको प्रवद्र्धन तथा विकासमा टेवा पु¥याउदै आर्थिकरूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।