images
images

सुनको मूल्य हालसम्मकै उच्च, अब एक तोला सुन किन्न १ लाख १७ हजारभन्दा बढी खर्चनुपर्ने

सुनको मूल्य हालसम्मकै उच्च, अब एक तोला सुन किन्न १ लाख १७ हजारभन्दा बढी खर्चनुपर्ने

सोमवार, मंसिर ११ २०८०
सोमवार, मंसिर ११ २०८०
  • सुनको मूल्य हालसम्मकै उच्च, अब एक तोला सुन किन्न १ लाख १७ हजारभन्दा बढी खर्चनुपर्ने

    काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा प्रतितोला ५ सय रुपैयाँ बढेपछि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सिजनकै समयमा सुनको भाउ महँगिदा उपभोक्ता मारमा पर्ने व्यवसायीहरू बताउँछन् ।

    images
    images

    मूल्य उच्च हुँदा बजारमा सुन खरिद गर्ने उपभोक्ताको चहलपहलसमेत घटेको उनीहरूको भनाइ छ । यसअघि कार्तिक ११ र १२ गते गते नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेको छ । 

    हिजो आइतबार भने छापावाल सुन प्रतितोला १ लाख १६ हजार ९ सय रुपैयाँ र तेजावी सुन १ लाख १६ हजार ३ सय ५० रुपैयाँ रहेको थियो । आज तेजावी सुनको भाउ १ लाख १६ हजार ८ सय ५० रुपैयाँ पुगेको छ । 

    सुनको भाउसँगै चाँदीको मूल्य पनि उच्च भएको छ । आइतबार १ लाख १४ हजार ८४ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १५ रुपैयाँले बढेर १ हजार ५ सय रुपैयाँ पुगेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार