images
images

सोल्टी होटलमा आगामी शनिबार क्रिसमस बजार लाग्ने, अमेरीकी राजदुत पत्निले उद्घाटन गर्ने

सोल्टी होटलमा आगामी शनिबार क्रिसमस बजार लाग्ने, अमेरीकी राजदुत पत्निले उद्घाटन गर्ने

बुधवार, मंसिर १३ २०८०
बुधवार, मंसिर १३ २०८०
  • images
    images
    सोल्टी होटलमा आगामी शनिबार क्रिसमस बजार लाग्ने,  अमेरीकी राजदुत पत्निले उद्घाटन गर्ने

    काठमाडौँ / डिसेम्बर २ तारिख अर्थात आगामी शनिबार सोल्टी होटल काठमाडौँमा विशेष क्रिसमस बजार आयोजना हुने भएको छ । एवन बजारको रूपमा विगत चार दशक बर्षदेखि एक्टिभ उमन अफ नेपाल (एवन)ले सञ्चालन गर्दै आएको बजार यस बर्ष आगामी शनिबार लागने भएको हो । 

    images
    images

    यो एक किसिमको च्यारिटेबल सेलिब्रेसन पनि भएको आयोजकले जनाएको छ । टर्किस एअरलाइन्स, नेपाल एअरलाइन्स, डाबर नेपाल, कार्ल्सवर्ग तथा रूपिज् इन्टरनेशनल स्कूल प्रयोजक रहेको एवन बजारको उद्घाटन भने अमेरिकी राजदुतकी श्रीमती जेन क्रिल थोम्पसनले गर्दैछिन्, उनी एवनकी अनररी प्रेसिडेन्ट समेत हुन् ।

    विभिन्न किसिमका एक सय भन्दा बढी स्टल रहने एवन बजारमा विभिन्न स्टार्टअपस् कम्पनी, अर्गानिक पोडक्टस्, विभिन्न किसिमका स्थानिय उत्पादनहरू, फेसनवेयर, ट्राभल लगायतका स्टलहरू रहनेछन् । विभिन्न क्षेत्रका प्रभावशाली ब्याक्तिले आफ्नो रूचीका आधारमा गरेका काम र उत्पादनलाई विशेष प्राथमिकता दिईने एवन बजारबाट सङ्कलित रकम समेत एवनका च्यारिटेबल कार्यहरूमा खर्चिंने गरिएको छ 
    । 

    news.jpg

    ७५ बर्ष अगाडि अमेरिकन एम्बेसीमा कार्यरत महिला तथा एक्स्प्याट्स्ले सञ्चालनमा ल्याएको एक्टिभ उमन अफ नेपाल देशकै पुरानो परोपकारी संस्था मध्ये एक हो । जुन समयसँगै अमेरिकन एम्बेसीमा सिमिन नभएर नेपालमा बसोबास गर्ने एक्स्प्याट र नेपाली एक्टिभ उमनको साझा संस्था बन्न पुगेको हो ।

    एवनले आफ्ना सहयोगी हातहरु निरन्तर अगाडि बढाउँदै आएको छ । भूकम्प होस् या कोभिड एवन आहोरात्र खटिंदै आएको छ भने विभिन्न क्षेत्रमा गएर संस्थाले सकेको सहयोग निरन्तर गर्दै आएको छ । एवनकी अध्यक्ष बाबा सरकार श्रेष्ठ भन्छिन्, “देशको जुनसुकै आवश्यकतामा एवन सक्रिय भएर लाग्ने गरेको छ, हालै जाजरकोटमा गएको विनासकारी भूकम्पमा समेत एवले सक्रियता पूर्वक राहात समाग्रि सङ्कलन तथा वितरणका  लागि काम गरिरहेका छौं ।“ उनी थप्छीन, “हामीले सयौं छात्रबृत्ती, ग्रामीण महिलालाई सेनिटरी प्याड वितरण, बृद्धाश्रम तथा बालगृहलाई सहयोग गर्ने लगायतका कार्यहरु गर्दै आएका छौँ ।” 

    11.jpg

    एवन बजारमा प्रवेश निःशुल्क रहेको छ भने विहान नौ बजेदेखि साँझ ६ बजेसम्म बजार चल्नेछ । बजारको उद्घाटन भने राजदुत पत्नि जेनले विहान दश बजे उद्घाटन गर्नेछिन् । बालबालिकाका लागि आकर्षक गेमिङ्ग जोन समेत यहाँ रहने छ । यस्तै एवन बजारमा जाजरकोट भूकम्प पिडितको राहात संकलनका लागि फेडेरेसन अफ उमन एन्टरप्रेनर्स एसोसिएसन अफ नेपाल र जोन्टा क्लबसँगको सहयकार्यमा राहात सङ्कलन गर्ने ठाउँ समेत छुट्याईएको छ । 

    जाजरकोटका भूकम्प पिडितलाई राहात समाग्री दिन मन हुनेले एवन बजारमा जुनसुकै नयाँ वा पुराना सामाग्री राहात स्वरुप लिएर आईदिन समेत एवनले हार्दिक आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार