images
images

सपोर्ट लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा महेश कुमार चौधरी नियुक्त

सपोर्ट लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा महेश कुमार चौधरी नियुक्त

आइतवार, मंसिर १७ २०८०
आइतवार, मंसिर १७ २०८०
  • सपोर्ट लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा महेश कुमार चौधरी नियुक्त

    काठमाडौँ / सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा महेश कुमार चौधरी नियुक्त भएका छन् । मंसिर १५ गते शुक्रबार बिहान बसेको सञ्चालक समितिको २१० औँ बैठकले चौधरीलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

    images
    images
    images
    images

    बैङ्कको सञ्चालक समितिले मिति २०८० मंसिर १५ गते देखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    उनीसँग अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरूमा ३ बर्ष, अध्यापन क्षेत्रमा ५ बर्ष, संयुक्त राष्ट्र संघको नेपाल स्थित एजेन्सी विश्व स्वास्थ्य संगठनमा लेखा तथा प्रशाशनमा ७ बर्ष र  लघुवित्त क्षेत्रमा व्यवस्थापकीय श्रेणीबाट प्रवेश गरी नायव प्रमुख कार्यकारी अधिकत पदसम्म १० बर्ष कार्य गरेको अनुभव रहेको छ ।

    व्यवस्थापन संकायबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरी समग्र बैङ्क व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका चौधरीको नेतृत्व क्षमता र कार्यानुभवले सपोर्ट लघुवित्तको प्रगतिले नयाँ उचाइ लिने अपेक्षा गरेको व्यवस्थापन समूहले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार