images
images

कालिका लघुवित्तले १० प्रतिशत लाभांश दिने, १५ औं वार्षिक साधारण सभाले पारित गर्यो यी विषयहरु

कालिका लघुवित्तले १० प्रतिशत लाभांश दिने, १५ औं वार्षिक साधारण सभाले पारित गर्यो यी विषयहरु

बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • कालिका लघुवित्तले १० प्रतिशत लाभांश दिने, १५ औं वार्षिक साधारण सभाले पारित गर्यो यी विषयहरु
    images
    images

    कालिका लघुवित्त वित्तीय संस्थाको १५ औं वार्षिक साधारण सभा गत पुस २९ गते सम्पन्न भएको छ । 

    कास्की जिल्लाको पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तिय संस्था हो ।

    संस्थाको सञ्चालक समिति अध्यक्ष चन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा होटल टास्क इन्टरनेश्नल प्रा.लि. पोखराको सभा हलमा यहि पुस २९ गते सोमवार वार्षिक साधारण सभा सम्पन्न भएको थियो । 

    साधारण सभाले अध्यक्षद्धारा प्रस्तुत आ.व.०८०÷०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु सहित आ.व.०८०÷०८१ को ०.५ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश र ९.५ प्रतिशत बोनस शेयर पारित गरेकोछ । 

    यस पश्चात संस्थाको हालको चुक्ता पूँजी बृद्धि भई ४० करोड ७६ लाख ९२ हजार ३ सय ४ पैसा ७६ पुगेको छ । 

    साथै, उक्त साधारणसभामा सर्वसम्मत रुपमा नयाँ सञ्चालक समितिको समेत चयन भएको छ । नयाँ सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट चन्द्र बहादुर क्षेत्री, चन्द्र बहादुर बस्नेत, रमा कुमारी शर्मा र गणेश पौडेल तथा सर्बसाधारण शेयरधनीहरुको तर्फबाट बिश्वराज नेपाल र युक्त बहादुर सुबेदी निर्विरोध निर्वाचित भएका छन् । 

    सोही दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक चन्द्र बहादुर क्षेत्रीलाई सर्वसम्मत रुपमा पुनः अध्यक्ष चयन गरेको छ । 

    साधारणसभाको कार्यक्रम वित्तीय संस्थाका कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले सञ्चालन गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार