श्रीलङ्काका न्याय, कारागार मामिला तथा संवैधानिक सुधारमन्त्री विजयदासा राजपाक्षेले देशमा लघुवित्त संस्थाहरूलाई नियमन गर्न नयाँ विधायिकी ढाँचा लागू गर्ने योजना सोमबार सार्वजनिक गरेका छन् ।
उनले ठूलो सङ्ख्यामा लघुवित्त संस्था दर्ता नै नगरी सञ्चालन भइरहेको र लघुवित्त संस्थाहरूको अनियमित विस्तार हुनु गम्भीर चिन्ताको विषय भएको बताए ।
राजपाक्षेले लघुवित्त संस्थाहरूको सुपरिवेक्षण र सञ्चालनका लागि केन्द्रीय बैंकबाट अलग्गै एक समर्पित नियामक निकायको स्थापना गर्न आवश्यक रहेको बताए ।
यी निकायलाई नियमन गर्न चाँडै नै बिस्तृत कानून ल्याइनेछ ।