images
images

राष्ट्रिय बीमा संस्थान बन्यो जीवन बीमा कम्पनी, १ वर्षभित्र आईपीओ आउने

राष्ट्रिय बीमा संस्थान बन्यो जीवन बीमा कम्पनी, १ वर्षभित्र आईपीओ आउने

बुधवार, मंसिर २० २०८०
बुधवार, मंसिर २० २०८०
  • images
    images
    राष्ट्रिय बीमा संस्थान बन्यो जीवन बीमा कम्पनी, १ वर्षभित्र आईपीओ आउने

    काठमाडौँ / राष्ट्रिय बीमा संस्थान जीवन बीमा कम्पनी लिमिटेडमा परिणत भएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले एक सूचना जारी गर्दै सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई रूपान्तरित आधिकारिक प्रमाणपत्र जारी गरिएको जानकारी दिएको हो । 

    images
    images

    प्राधिकरणले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको नाममा जीवन बीमकको प्रमाणपत्र जारी गरेको हो । यससँगै अब साविकको राष्ट्रिय बीमा संस्थानले राष्ट्रिय जीवन बीमा कम्पनीको नामबाट बीमा ऐन, २०७९ बमोजिमको जीवन बीमा व्यवसाय गर्ने छ ।

    नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक १६ गते र प्राधिकरणको मंसिर १३ गतेको निर्णयबमोजिम साविकको राष्ट्रिय बीमा संस्थानलाई बीमा ऐन २०७९ को दफा १७२ को उपदफा (३) को खण्ड (क), (ख), (ग) र (घ) को व्यवस्थाबमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा कात्तिक २० गते राष्ट्रिय जीवन बीमा कम्पनीको नाममा परिणत गरी दर्ता अभिलेख भएको हो ।

    प्राधिकरणले बीमा ऐन, २०७९ का दफा ६१ को उपदफा (१) को खण्ड (क) बमोजिमको जीवन बीमा व्यवसाय गर्नेगरी जीवन बीमकको प्रमाणपत्र जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

    अब पब्लिक कम्पनीमा रूपान्तरण भएसँगै कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नुपर्ने छ । ऐन अनुसार कम्पनीले एक वर्षभित्रमा पुँजी वृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याउने, संस्थापक सेयरधनीको तर्फबाट ७० प्रतिशत अर्थात ३ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने र सर्वसाधारणलाई ३० प्रतिशत अर्थात एक अर्ब ५० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्नुपर्ने हुन्छ ।

    संस्थापकले पैसा थपेपछि पनि सर्वसाधारणको लागि सेयर निष्काशन प्रक्रिया भने अझै धेरे समय लम्बिने भएको छ । संस्थानले विगत ५ वर्षदेखिको हिसाब लेखापरीक्षण गराउन र साधारणसभा गराउन सकेको छैन । अन्तिम आर्थिक वर्षको लेखापरीक्षण र साधारणसभा नगरेका कम्पनीले सर्वसाधारणमा सेयर निष्काशन गर्न पाउँदैनन् ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार